इटहरीः हिजो सोमबार नेप्से परिसुचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ९० लाख ३ हाजर ३८८ कित्ता शेयर ४४ हजार ७७७ पटक किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  


घलेम्दी हाइड्रोको सर्वाधिक २२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट, शिवम् सिमेण्ट्स, हिमालय डिस्टिलरी र पिपुल्स पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् । 


व्यापार समूह ०.३३ प्रतिशतले बढेबाहेक बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक घट्ने लगानी समूह १.०७ प्रतिशतले घटेको छ । 


बैंकिङ समूह ०.७१ प्रतिशत, विकास बैंक समूह ०.५४ प्रतिशत, होटल तथा पर्यटन समूह १.०५ प्रतिशत, हाइड्रो समूह १.०४ प्रतिशत, फाइनान्स समूह १.०६ प्रतिशत, जीवन बीमा समूह ०.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९८ प्रतिशत, माइक्रोफाइनान्स ०.६० प्रतिशत, म्युचुअल फण्ड ०.०५ प्रतिशत, निर्जीवन बीमा समूह ०.६४ प्रतिशत र अन्य समूह ०.९२ प्रतिशतले घटेको छ ।


घटेको बजारमा उच्च मूल्य बढ्नेमा अधिकांश ऋणपत्र र सामुहिक लगानी कोषहरू छन् । सर्वाधिक कमाउनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको डिबेञ्चर रहेको छ । यो स्टकको मूल्य ५.७५ प्रतिशत बढेर ११३६.९० रुपैयाँ पुगेको छ ।  


नेपाल एसबिआई बैंकको डिबेञ्चरको ४.९८ प्रतिशत, ग्लोल आइएमई समुन्नत योजनाको ४.९८ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्डको ३.३३ प्रतिशत, नबिल डिबेञ्चरको ३.२८ प्रतिशत, एरभेष्ट बैंक बण्डको ३ प्रतिशत, गरिमा डिबेञ्चरको २.९६ प्रतिशत, प्राइम कमर्सियल बैंक डिबेञ्चरको २.६९ प्रतिशत, एनएमबि इनर्जी बण्डको २.६६ प्रतिशत, एभरेष्ट बैंक डिबेञ्चरको २.४८ प्रतिशतले बढेको छ ।  


सोमबार त्रिशुली जलविद्युत कम्पनीको शेयरभाउ सर्वाधिक अर्थात् ५.८४ प्रतिशतले घटेर २७४ रुपैयाँ कायम भएको छ ।  


त्यस्तै, सिन्धु विकास बैंकको ५.८० प्रतिशत, सिटिजन्स बैंक डिबेञ्चरको ५.७९ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको ५.७६ प्रतिशत, अप्पर लोहरे खोला हाइड्रोको ५.७४ प्रतिशत, स्वस्तिक लघुवित्तको ४.५६ प्रतिशत, कालिञ्चोक हाइड्रोपावरको ४.१५ प्रतिशत, मैलुङ खोला हाइड्रोको ४.१५ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ४.०७ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ३.७२ प्रतिशतले घटेको छ ।  


बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब १५ अर्ब १३ करोड ८० लाख ३४ हजार ३७६ रुपैयाँ कायम भएको छ ।