इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

आज सुन प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।