लेटाङ । साहित्यिक प्रतिभालाई प्रोत्साहन र सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्यसहित लेटाङ जेसीजले आयोजना गरेको सिर्जना वाचन तथा जेसीज सप्ताह सम्पन्न भएको छ ।
कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पु¥याउने सर्जकलाई सम्मान गर्नुका साथै ओराटरी (वक्तृत्वकला) र स्लो बाइक रेसका विजेतालाई पुरस्कार प्रदान गरिएको छ ।
लेटाङ जेसीजकी अध्यक्ष संगीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावती प्रमुख अतिथि रहेका थिए । पूर्वनगरप्रमुख शंकर राई र जेसीजका संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्याएबापत विश्वनाथ शाक्य र डिल्लीराम ओझालाई सम्मान गरिएको थियो । त्यसैगरी, सप्ताहअन्तर्गत आयोजित ओराटरी तथा स्लो बाइक रेस प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।
सिर्जना वाचन र विभिन्न प्रतियोगितामार्फत् सहभागीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राई, लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, उद्योग वाणिज्य संघ लेटाङका अध्यक्ष खड्गबहादुर श्रेष्ठ, लेटाङ रनका अध्यक्ष किरण राईलगायत जनप्रतिनिधि, शिक्षक, साहित्यकार, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्था र सहकारीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


















