इटहरी । इटहरी लेडी जुनियर जेसीजको आयोजनामा कात्तिक १४ र १५ गते इटहरीस्थित होटल सत्संग प्यालेसमा १५ औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी आयोजना हुने भएको छ ।
देशका विभिन्न स्थानबाट २०० भन्दा बढी जुनियर जेसीज , इटहरी लेडी जुनियर जेसीज सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको यस एकेडेमीमा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, सञ्चार सीप तथा व्यक्तित्व विकासमा जोड दिइने जनाइएको छ ।
एकेडेमीमा नेतृत्व विकाससम्बन्धी तालिम, अन्तरक्रियात्मक गतिविधि, व्यक्तित्व विकास सत्र तथा आपसी सम्बन्ध विस्तारका कार्यक्रम सञ्चालन गरिने भएका छन् । साथै, युवाहरूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्दै समुदायमा सकारात्मक योगदान पु¥याउन प्रोत्साहित गरिने आयोजकले जनाइएको छ ।
स्थापना भएको तीन वर्षमै राष्ट्रियस्तरको एकेडेमी आयोजना गर्ने अवसर पाउनु इटहरी लेडी जुनियर जेसीजका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यस कार्यक्रमले देशभरका युवा नेतृत्वलाई एकै ठाउँमा जोड्दै अनुभव, विचार र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
युवा नेतृत्व विकास, आपसी सद्भाव र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले इटहरीलाई राष्ट्रियस्तरका युवा नेतृत्व विकास गतिविधिको केन्द्रका रूपमा चिनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


















