उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ संगम टोलमा स्कुटरले ठक्कर दिँदा स्थानीय अन्दाजी ५२ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको छ।
राति पौने ९ बजेतिर इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका कार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगिए पनि उपचारका क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको हो।
स्कुटर चालक त्रियुगा नगरपालिका–११ ढिम्कीका अन्दाजी २३ वर्षीय दिलिप केसीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















