इटहरी । हिजो बुधबार शेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
सर्वाधिक बढ्ने अन्य समूह ६.१८ प्रतिशतले बढेको छ । जीवन बीमा समूह ०.१० र सामुहिक लगानी कोष समूह ०.१० प्रतिशतका दरले बढेका छन् भने व्यापार समूह १.११ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने बैंकिङ र फाइनान्स दुवै समूहका सूचक ०.८२ प्रतिशतले घटेका छन् विकास बैंक समूह ०.४४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.७४ प्रतिशत, हाइड्रो समूह ०.६८ प्रतिशत, लगानी समूह ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२० प्रतिशत र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेको छ ।
हिजो नेपाल पुनर्बीमा कम्पनीको शेयरभाउ सर्वाधिक अर्थात् १५ प्रतिशतले बढेको छ । सो कम्पनीलाई शतप्रतिशत हकप्रद निस्कासन गर्न सरकारले अनुमति दिने निर्णय गरेपछि १५ प्रतिशतले मूल्य बढेको हो ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ११.४८ प्रतिशत, श्वेत गंगा हाइड्रोको ८.६५ प्रतिशत, घोराही सिमेन्टको ५ प्रतिशत, नेपाल रि पब्लिक मिडियाको ४.९७ प्रतिशत, आरबीबीएल डिबेञ्चरको ४.६१ प्रतिशत, मन्दाकिनी हाइड्रोको ४.४२ प्रतिशत, माया खोला हाइड्रोको ३.१३ प्रतिशत, निफ्रा ग्रिन डिबेञ्चरको ३ प्रतिशत र एनआइसी एशिया ऋणपत्रको २.९९ प्रतिशतले मूल्य बढेको छ ।
सिभिल बैंक डिबेञ्चरको शेयरमूल्य सर्वाधिक अर्थात् ६.३४ प्रतिशत घटेको छ । शिखर पावर डेभलपमेन्टको ३.७४ प्रतिशत, सीवाइसी नेपाल लघुवित्तको ३.३४ प्रतिशत, चिरख्वा हाइड्रोको ३.२६ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशत, स्नो रिभर्सको ३.०४ प्रतिशत, बुटवल पावरको २.९९ प्रतिशत, सनराईज फोकस्ड इक्विटी फण्डको २.९९ प्रतिशत, सानिमा ग्रोथ फण्डको २.८४ प्रतिशत र एसबीएल डिबेञ्चरको २.६१ प्रतिशतले मूल्य घटेको छ ।
हिजो सर्वाधिक कारोबार हुने कम्पनीमा श्वेतगंगा हाइड्रो रहेको छ । सो कम्पनीको ८५ करोड ८४ लाख ९८ हजार १७७ रुपैयाँको शेयर किनबेच भएको छ ।
घोराही सिमेन्टको ५१ करोड २४ लाख ३८ हजार ७४१, हिमालयन रि इन्स्योरेन्सको ३६ करोडढ ३ लाख, एनआइसी एशिया बैंकको ३द्द करोड ८७ लाख, घलेम्दी हाइड्रोको २१ करोड ५५ लाख, सानिमा मिडिल तमोरको १८ करोड २९ लाख, शिवम् सिमेन्टको १३ करोड ६१ लाख, ग्लोबल आइएमई बैंकको १२ करोड ९१ लाख, अपि पावरको १२ करोड ४३ लाख र कुमारी बैंकको ११ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सूचक बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ८८ अर्ब ३५ करोड ९९ हजार ४४६ रुपैयाँ निर्धारण भएको छ ।


















