काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रताप सुवेदी नियुक्त भएका छन्।
नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त पदमा नियुक्त गरेको हो।
नेप्सेको सीईओ पदका लागि चार जना प्रतिस्पर्धी रहेका थिए। प्रतिस्पर्धामा प्रताप सुवेदी, नवराज सापकोटा, नारायण सापकोटा र अर्का एक उम्मेदवार अनिल राज पौडेल सहभागी थिए। ती प्रतिस्पर्धीमध्ये सुवेदीलाई सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।


















