विराटचोकः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । दिउँसो साढे १२ बजे शुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।

साबिक विजेता तथा जारी प्रतियोगितामा अपराजित टिम लुम्बिनी तीन खेलबाट पाँच अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ ।

जनकपुर भने चार खेलमा दुई जीत र दुई हारसहित चार अंकका साथ चौथो स्थानमा छ ।

त्यस्तै, आज साँझ हुने दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर चार खेलमा दुई जीत र दुई हारसहित चार अंक जोडेर दोस्रो स्थानमा छ । काठमाडौं भने दुई खेलमा एक जीत र एक हारसहित दुई अंक जोडेर सातौं स्थानमा छ ।