काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएइरहेको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।

आसिफ शेख र दिलीप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए । ओपनर डार्शी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।

रुबेन ट्रम्पलम्यानले ८ बल खेल्दै २ छक्का मदतमा १५ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोरा ९ रन बनाएर आउट भए ।

जनकपुरका लागि स्पीनरले ४ विकेट लिंदा पेसरले ३ विकेट लिएका थिए । अभिषेक तिवारी र राहुल यादवले तीनतीन विकेट लिए । 

जनकपुरका विशाल सुस्लिङले २ विकेट लिए ।