इटहरी ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य उल्लेख्य बढेको छ ।

आज सुनको भाउ प्रतितोला १३ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २६५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम भएको छ ।