काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतले ३३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा अविजित ५१ रन बनाए ।

ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३५ रन जोडे ।

पवन सर्रफले २१ बलमा २ छक्काको मद्दतमा १५ रन बनाए । गुल्सन झाले ६ बलमा १ चौका र २ छक्काको मद्दतमा आक्रामक १८ रन बनाए ।

दीपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे ।


बलिङमा चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले २–२ विकेट लिए । यस्तै रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट लिएका थिए ।