इटहरी । आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस हो । युनेस्कोद्वारा घोषित यो दिवसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ ।
सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ । यस्ता समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवद्र्धनको बारेमा गम्भीरतापूर्वक छलफल हुने गर्दछ ।
विश्वभर, आधुनिकीकरणले समाजहरूमा गहिरो परिवर्तन ल्याइरहेको छ । यसले सञ्चार र आदानप्रदानको लागि विशाल अवसर खोलिरहेको छ । त्यस सँगसँगै यसैका कारण असमानता र गरीबी जस्ता अन्य नयाँ चुनौतिहरू पनि उठिरहेका छन् ।
अहिले हामीले विभिन्न ठाउँहरुमा अनैतिक राजनीतिको उदय र विभाजनको बहस देख्छौं, अहिले हामी विविधतालाई कमजोरीको स्रोतको रूपमा अस्वीकार गरिरहेका छौँ ।
कतै दुव्र्यवहार, कतै घृणा त कतै आतङ्कवादी हमलाहरूले मानव समुदायलाई एकताको सूत्रमा बाँध्न सकिरहेको छैन । यस सन्दर्भमा, सहिष्णुता, सद्भाव र सहनशीलताको कमी आधुनिकीकरणसँगै बढिरहेको बुझ्न सकिन्छ । यो बढिरहेको अमानवीय जटिलताबाट मुक्ति पाउन, सहनशीलताले मुख्य भूमिका खेल्नेछ ।
संस्कृतिहरू फरक छन्, मानिसहरू फरक छन्, तर मानवताको समुदाय भनेको एकै हो । सहनशीलता शान्तिको लागि सङ्घर्ष हो । आजको यस दिवसले मानव अधिकारको आधारमा विविधता र बहुमतवादको सम्मान गर्दछ ।


















