काठमाडौं । जारी एनपीएलको लिग चरणको अन्तिम खेलमा काठमान्डु गोर्खाजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।  


आजको यो खेल नै पोखरा एभेञ्जर्सका लागि जारी सिजनको अन्तिम खेल हुनेछ । यो खेल जिते पनि पोखरा प्ले अफमा पुग्ने छैन । उता काठमान्डु भने यो खेलमा पराजित भए पनि प्ले अफमा पुग्नेछ । 

आजको खेलमा काठमान्डुले चार परिवर्तन गरेको छ । आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा क्रमशः सुमीत महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टो पिचमा उत्रिएका छन् । 

उता, पोखराले पनि तीन परिवर्तन गरेको छ । सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा बिपिन आचार्य, विवेक राना मगर र दिनेश खरेलले खेल्ने भएका छन् । 

यो खेलसँगै जारी एनपीएलको सिजन ३ का लिग चरणका खेल समाप्त हुनेछन् ।