इटहरी । बुधबार नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ बिन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर ४१ हजार ६२७ पटक किनबेच हुँदा ४ अर्ब १५ करोड  ४९ लाख २५ हजार १०७ रुपैयाँको शेयर कारोबार भएको छ ।  

घटेको बजारमा बैंकिङ समूह र सामुहिक लगानी कोष समूह मात्रै बढेका छन् । बैंकिङ समूह ०.०५ प्रतिशत सामुहिक लगानी कोष समूह ०.१९ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने व्यापार समूह २.४९ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक समूह ०.६५ प्रतिशत, फाइनान्स समूह ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३२ प्रतिशत, हाइड्रो समूह ०.४७ प्रतिशत, लगानी समूह ०.१७ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४९ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५४ प्रतिशत, निर्जीवन बीमा समूह ०.६५ प्रतिशत र अन्य समूह ०.५९ प्रतिशतले घटेको छ । 

सूचक घटेको बजारमा सर्वाधिक मूल्य बढ्ने स्टकमा सानिमा लार्ज क्याप फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य ३.२६ प्रतिशत बढेको छ ।  

त्यस्तै, कुमारी सबल योजनाको ३.१७ प्रतिशत, लिबर्टी इनर्जीको ३.०७ प्रतिशत, एनएमबि डिबेञ्चरको २.९७ प्रतिशत, गरिमा समृद्धि योजनाको २.९४ प्रतिशत, उपकार लघुवित्तको २.९२ प्रतिशत, श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको २.७५ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको २.५३ प्रतिशत, बेनि हाइड्रोपावर प्रोजेक्टको २.३२ प्रतिशत र आरबीबीएल डिबेञ्चरको २.२९ प्रतिशतले मूल्य बढेको छ ।  

बुधबार पनि एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य सर्वाधिक अर्थात् ८.६३ प्रतिशत घटेको छ ।  सयपत्री हाइड्रोपावरको ६.६५ प्रतिशत, भिजन लुम्बिनी उर्जाको ५.४९ प्रतिशत, श्रृजनशील लघुवित्तको ४.५८ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ४.३८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ४.२६ प्रतिशत, अप्पर लोहरे हाइड्रोको ४.१८ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ३.८८ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.७९ प्रतिशत र घोराही सिमेन्ट इन्डष्ट्रिको ३.४३ प्रतिशतले घटेको छ ।  

लाभांश घोषणा गरेको रिलायन्स स्पिनिङ मिल्सको बुधबार सबैभन्दा धेरै ३२ करोड २४ लाख १० हजार ८७३ रुपैयाँको शेयर किनबेच भएको छ । सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड २२ लाख, सुपर मादी हाइड्रोको ११ करोड ७४ लाख, घलेम्दी हाइड्रोको १० करोड ६८ लाख, श्वेत गंगा हाइड्रोको १० करोड ३७ लाख, ग्लोबल आइएमई बैंकको ९ करोड २६ लाख, एनआइसी एशिया बैंकको ८ करोड ८४ लाख, शिवम् सिमेन्ट्सको ८ करोड ७१ लाख र लिबर्टी इनर्जीको ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब १८ अर्ब ६५ करोड ३३ लाख ९५ हजार ९४० रुपैयाँ कायम भएको छ ।