इटहरी । नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफअन्तर्गत आज एलिमिनेटरको खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोलीको भने प्रतियोगितामा यात्रा समाप्त हुनेछ।


















