इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ घटेको हो । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ६० हजार ९०० रुपैयाँ निर्धारण भएको छ । 

महासंघका अनुसार आज चाँदीको भाउ प्रति तोला ३ हजार ३८० रुपैयाँ निर्धारण भएको छ । 

सुनचाँदीको भाउ लगातार घटिरहेको छ  ।