इटहरी । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयरबजारमा सामान्य अङ्कको गिरावट आएको छ । नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा अडिएको छ ।
३५२ कम्पनीको १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर ३९ हजार ९६६ पटक किनबेच हुँदा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँको सेयर कारोबार भएको छ ।
शुक्रबार बैंकिङ समूह र सामुहिक लगानी कोष समूह बाहेक सबै समूह राताम्य भएका छन् । बैंकिङ समूह ०.४० प्रतिशत र म्युचुअल फण्ड समूह ०.४१ प्रतिशतले बढेको छ ।
सर्वाधिक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूह १.३९ प्रतिशतले घटेको छ । विकास बैंक समूह ०.२३ प्रतिशत, फाइनान्स समूह ०.५९ प्रतिशत, हाइड्रो समूह ०.२९ प्रतिशत, लगानी समूह ०.२३ प्रतिशत, जीवन बीमा समूह ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.८१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२३ प्रतिशत, निर्जीवन बीमा समूह ०.२७ प्रतिशत, व्यापार समूह ०.५२ प्रतिशत र अन्य समूह ०.७८ प्रतिशतले घटेको छ ।
सूचक घटेको बजारमा दोल्ती पावर कम्पनीका सेयरमूल्य सर्वाधिक अर्थात् ५.१४ प्रतिशत बढेको छ । भूगोल इनर्जीको ४.२६ प्रतिशत, मनकामना इन्जिनियरिङको ३.४३ प्रतिशत, सिटिजन्स बैंक डिबेञ्चरको ३ प्रतिशत, एनएमबि डिबेञ्चरको २.९८ प्रतिशत, केबिएल डिबेञ्चरको २.९८ प्रतिशत, ग्लोबल आइएमई समुन्नत योजना–२ को २.९२ प्रतिशत, एचएलआई लार्ज क्याप फण्डको २.८९ प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३० को २.८४ प्रतिशत र एभरेष्ट कलर लिमिटेडको २.८३ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाईमूल्य सर्वाधिक अर्थात् ८.५० प्रतिशतले घटेको छ । पाल्पा सिमेन्टको ६.५५ प्रतिशत, स्वष्तिक लघुवित्तको ५.०४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.८१ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको ३.२४ प्रतिशत, सोनापुर मिनरल्स आयलको ३.१९ प्रतिशत, बेनी हाइड्रोको ३.१५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ३.०२ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३ प्रतिशत र मेगा म्युचुअल फण्ड–१ को २.९० प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब १२ अर्ब १९ करोड १ लाख ७४ हजार ८०६ रुपैयाँ कायम भएको छ ।


















