इटहरी । शुक्रबार पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य लगातार घटेकाले नेपालमा असर परेको हो ।

महासंघका अनुसार शुक्रबार चाँदी तोलामा २२५ रुपैयाँ घटेर ३ हजार ११० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।