इटहरी । सोमबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३६० वटा स्क्रिप्टको १ करोड ८ लाख २३ हजार ५९८ कित्ता सेयर ४२ हजार ८५४ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँको कारोबार भएको छ ।

१०५ कम्पनीको सेयरभाउ बढ्दा १६५ कम्पनीको सेयरभाउ घटेको छ । त्यस्तै १० कम्पनीको मूल्य भने तटस्थ रहेको छ ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये ४ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ समूह राताम्य भएका छन् ।

अन्य समूह ०.८१ प्रतिशत, बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक समूह ०.५७ प्रतिशत र लगानी समूह ०.२३ प्रतिशत बढेका छन् ।

निर्जीवन बीमा समूह ०.९६ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.६७ प्रतिशत, व्यापार समूह ०.६३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६२ प्रतिशत, हाइड्रो समूह ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२२ प्रतिशत, फाइनान्स समूह ०.१७ प्रतिशत, र जीवन बीमा समूह ०.०६ प्रतिशत घटेका छन् ।

सोमबार मेन्छियाम हाइड्रोको सेयरभाउ सर्वाधिक अर्थात् १०.५८ प्रतिशत बढेको छ ।

माउन्टेन हाइड्रो नेपालको ५.६२ प्रतिशत, बुङ्गल हाइड्रोको ५.४९ प्रतिशत, रावा इनर्जीको ३.८३ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टको ३.१२ प्रतिशत, सेन्चुरी डिबेञ्चरको ३ प्रतिशत, माछापुच्छ्रे डिबेञ्चरको २.९९ प्रतिशत, एनएमबि इनर्जी बण्डको २.९३ प्रतिशत, एनएमबि बैंकको २.४५ प्रतिशत र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको २.३० प्रतिशत मूल्य बढेको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनीको सर्वाधिक ८.३३ प्रतिशत सेयरभाउ घटेको छ ।

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ५.८२ प्रतिशत, स्वष्तिक लघुवित्तको ५.७१ प्रतिशत, नेपाल वेयरहाउजिङको ५.०३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.०६ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ३.८५ प्रतिशत, सेन्ट्रल फाइनान्सको ३.३७ प्रतिशत, रिज लाइन इनर्जीको ३.३१ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.२५ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ३.१३ प्रतिशतले मूल्य घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब १६ अर्ब ९ करोड ३१ लाख ९६ हजार ८१२ रुपैयाँ कायम भएको छ ।