इटहरी । आज शेयर कारोबारको आधा समय अर्थात् दिउँसो १ बजेसम्ममा १ अर्ब ५६ करोड १९ लाख ३० हजार रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै भिजन लुम्बिनी ऊर्जाको ८ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

बजार खुलेदेखि नै ओरालो लाग्दै १२ अंकसम्म गिरावट आएको नेप्से सूचक अहिले केही सम्हालिँदै हरियो हुने प्रयासमा छ । 

दिउँसो १ बजसम्ममा सूचक १ अंक हाराहारी झरेर नेप्से सूचक २६२० बिन्दु आसपास रहेर शेयर किनबेच भइरहेको छ । 

माउण्टेन हाइड्रो उच्च मूल्य बढ्ने कम्पनीमा परेको छ । भिजन लुम्बिनी ऊर्जा उच्च मूल्य घट्ने कम्पनीमा परेको छ ।