इटहरी । आज शेयरबजार १५.३९ अंकले बढेर नेप्से परिसूचक २६३८.९५ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५२ हजार ३८७ पटक किनबेच हुँदा ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँको शेयर कारोबार भएको छ ।

लघुवित्त र अन्य समूह बाहेक बाँकी सबै समूहको सूचक बढेको छ । लघुवित्त समूह ०.१८ प्रतिशतले घटेको छ भने अन्य समूह ०.३९ प्रतिशतले घटेको छ ।

सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ । यो समूह १.२४ प्रतिशत बढेको छ ।

विकास बैंकस समूह १.०४ प्रतिशत, व्यापार समूह ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूह ०.९४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६१ प्रतिशत, हाइड्रो समूह ०.४६ प्रतिशत, लगानी समूह ०.३० प्रतिशत, निर्जीवन बीमा समूह ०.२६ प्रतिशत, जीवन बीमा समूह ०.१४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१४ प्रतिशत र फाइनान्स समूह ०.०३ प्रतिशत बढेको छ ।


एभरेष्ट कलर लिमिटेडका शेयरभाउ सर्वाधिक अर्थात् ५.०५ प्रतिशत बढेको छ । माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ३.४२ प्रतिशत, सिटि होटलको ३.०९ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१ प्रतिशत, सिटिजन्स बैंक डिबेञ्चरको ३ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड २ को २.९६ प्रतिशत, हिमालयन डिष्टिलरीको २.७९ प्रतिशत, श्वेत गंगा हाइड्रोको २.७८ प्रतिशत, आरबीबी फोकस ४० को २.७२ प्रतिशत र कुमारी इक्विटी फण्डको २.६७ प्रतिशतले मूल्य बढेको छ ।

आज मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ८ प्रतिशत घटेको छ । मेन्छियाम हाइड्रोको ७.२७ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.५१ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशत, सिटिजन्स सन्तुलित योजनाको ३ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको २.९९ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको २.९१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको २.८२ प्रतिशत र गुराँस लघुवित्तको २.७९ प्रतिशतले मूल्य घटेको छ ।

२० प्रतिशत स्टक लाभांश र १६ दशमलव ८४ प्रतिशत नगद लाभांश घोषणा गरी बुक क्लोजको मिति सार्वजनिक गरेको सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको ३२ करोड १७ लाख ४० हजार ४६६ रुपैयाँको शेयर किनबेच भएको छ ।

उच्च कारोबार गर्ने अन्य कम्पनीमा ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी र रिलायन्स स्पिनिङ मिल्स रहेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४२ अर्ब ५८ करोड ८१ लाख १० हजार २३१ रुपैयाँ कायम भएको छ ।