इटहरी । तिहारपछि लगातार ओरालो लागेको सुनचाँदीको भाउ आज पनि बढेको छ । हिजो पनि सुनचाँदीको भाउ बढेको थियो ।
आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
लगातार घटेको सुन र चाँदी दुवैको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ तोलामा रुपैयाँ र चाँदीको भाउ तोलामा ४ हजार ८१० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको थियो ।


















