इटहरी । नेपाली बजारमा लगातार दुई दिन बढेको सुनचाँदीको मूल्य आज भने ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।

   आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ ।