इटहरी । बुधबार सेयरबजार मापक नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३५६ वटा कम्पनीको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ५२ हजार ६६९ पटक किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज विकास बैंक समूह सर्वाधिक अर्थात् ०.९९ प्रतिशत बढेको छ । हाइड्रो समूह ०.८८ प्रतिशत, जीवन बीमा समूह ०.५१ प्रतिशत, व्यापार समूह ०.५० प्रतिशत, लगानी समूह ०.४० प्रतिशत, बैंकिङ समूह ०.२४ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.२४ प्रतिशत, निर्जीवन बीमा समूह ०.१० प्रतिशत, अन्य समूह ०.१२ प्रतिशत र फाइनान्स समूह ०.०७ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशतले घटेको छ ।
आज मुक्तिनाथ कृषि कम्पनीको शेयरभाउ सर्वाधिक अर्थात् १०.९८ प्रतिशत बढेको छ । हिमालयन उर्जा विकास कम्पनीको ८.६२ प्रतिशत, कालिका लघुवित्तको ५.९६ प्रतिशत, मानुषी लघुवित्तको ५.५७ प्रतिशत, सनराईज ब्लुचिप फण्डको ५.३२ प्रतिशत, सिन्धु विकास बैंकको ५.०९ प्रतिशत, एलएस होराइजन १२ को ४.८९ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.४८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशतले बढेको छ ।
बजार बढे पनि उन्नति सहकार्य लघुवित्तको सेयरभाउ ३.३० प्रतिशत घटेको छ । लक्ष्मी भ्यालु फण्ड–२ को २.९८ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको २.८२ प्रतिशत, कालिञ्चोक हाइड्रोको २.७० प्रतिशत, समता घरेलु लघुवित्तको २.६३ प्रतिशत, ग्लोबल आइएमई बैंक डिबेञ्चरको २.५९ प्रतिशत, आरबीबी फोकस ४० को २.५४ प्रतिशत, युनिलिभर नेपाल लिमिटेडको २.२६ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड ३ को २.१५ प्रतिशतले घटेको छ ।
हिमालय ऊर्जा विकास कम्पनीको सर्वाधिक ३४ करोड ७४ लाख ७६ हजार ५८५ रुपैयाँको शेयर किनबेच भएको छ । कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५७ अर्ब ५६ करोड ७८ लाख ८५ हजार २७७ रुपैयाँ निर्धारण भएको छ ।


















