इटहरी । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज २ घण्टाका अवधिमा ३ अर्बभन्दा बढी मूल्यको शेयर किनबेच भएको छ  


दिउँसो १ बजेसम्ममा ३ अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको हो । ६ अंकले सूचकमा हरियाली छाउँदा हिमालयन ऊर्जा विकास कम्पनीको सर्वाधिक २४ करोड २ लाख रुपैयाँको शेयर किनबेच भएको छ । २ घण्टाका अवधिमा उच्च मूल्य बढ्नेमा पनि सोही कम्पनी परेको छ । 


ओम मेगाश्री फर्मास्युटिकल्सको सबभन्दा धेरै मूल्य घटेको बजार अहिले २६४५ को आसपासमा सूचक रहेर कारोबार भइरहेको छ ।