इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।