कानेपोखरी: मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको र घटनाबारे सोधपुछ गर्ने क्रममा महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कानेपोखरी गाउँपालिका–६ मा गत कात्तिक २९ गते राति बालिकामाथि जबर्जस्ती करणी भएको सूचना प्राप्त भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ५५ वर्षीय पुरुषलाई तत्काल पक्राउ गरेको थियो ।

उनी पीडित बालिकाका ससुरा रहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध जबर्जस्ती करणी कसुरमा मङ्सिर १ गते अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सो घटनाबारे सोधपुछ गर्ने क्रममा पीडितका २३ वर्षीय छोराले आफ्नी आमालाई समेत छेउमा राखेर पीडित बालिकामाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि प्रहरीले घटनामा संलग्न उनका छोरालाई पनि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ ।