काठमाडौं । विगत तीन दशकको अवधिमा नेपालीको औसत आयुमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनअनुसार सन् १९९० देखि २०२३ सम्मको ३३ वर्षमा नेपालीको औसत आयु १५.४ वर्षले बढेको हो।

नर्वेको युनिभर्सिटी अफ बर्गनस्थित ‘बर्गन सेन्टर फर एथिक्स एन्ड प्रायोरिटी सेटिङ इन हेल्थ’ (बीसीईपीएस) सँगको सहकार्य र नेपाल हेल्थ इकोनोमिक्स एसोसिएसन (एनएचईए) को प्राविधिक सहयोगमा तयार पारिएको बेसिक हेल्थ सर्भिसेज इन नेपाल : प्रायोरिटी सेटिङ एन्ड इसेन्सियल हेल्थ इन्टरभेन्सन्स’ प्रतिवेदनमा नेपालको जनस्वास्थ्य अवस्था र औसत आयुको विस्तृत तथ्याङ्क समेटिएको छ।