इटहरीः हिजो साँझ सुनसरीको इटहरीस्थित कोशी डेन्टल हस्पिटलमा भएका आगलागीमा जलेर अस्पताल पूर्ण रूपमा नष्ट भएको छ ।
साँझपख भएको आगलागी तीव्र रूपमा फैलिँदा हस्पिटलको भवन तथा भित्र रहेका सामग्रीहरू जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौँको क्षति भएको पूर्वानुमान गरिएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र इटहरी उपमहानगरपालिकाको नगर प्रहरी सक्रिय रूपमा परिचालित भएका थिए । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।
घटनाबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।


















