दमक । आफ्नै गोठबाट गाई निकालेर बाँध्ने क्रममा गाईले कुल्चिँदा झापाको गौरादहमा एक वृद्ध गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा गौरादह नगरपालिका–९ तुलाचन निवासी ८३ वर्षीय दुर्गाप्रसाद भट्टराई रहेका छन् ।

प्रहरीका अनुसार हिजो बिहान करिब ६ बजे भट्टराईले घरको गोठबाट गाई बाहिर निकालेर बाँध्ने क्रममा गाईले कुल्चिएपछि उनी गम्भीर घाइते भएका हुन् ।

भट्टराईको नाक, मुख र आँखामा चोट लागेको छ । उनको दमकस्थित नयाँ आम्दा अस्पताल (खरखरे) मा उपचार भइरहेको छ ।

घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी चौकी बैगुनधुराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा बुझ्ने काम भइरहेको जनाएको छ ।