इटहरी । सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले मन्जु रौनियारलाई आफ्नो निजी सचिवालयको सदस्यमा नियुक्त गर्नुभएको छ ।

सुनसरी क्षेत्र नं. ३ का मतदातासँग गरिएका चुनावी प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा स्थानीय नागरिकका समस्या, गुनासा र आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्ने उद्देश्यले नियुक्ति गरिएको पत्रमा उल्लेख छ ।

सचिवालयमार्फत् सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो र जनमैत्री बनाउने लक्ष्यसहित रौनियारलाई जिम्मेवारी दिइएको सचिवालय प्रमुख नरेन्द्रकुमार थापा (नवीन) ले जनाउनुभएको छ ।

सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै जिम्मेवारी इमानदारी, उत्तरदायित्व र दक्षतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।