All Posts By इटहरी खबर संवाददाता

    Showing १,०११-१,०२० of ३,०८६ items.
  • नेपाल, भारत कतै फेला परिनन् किशोरी, रहस्यमय बन्दै हबलदार आरोपित बैतडी घटना

    बैतडी । बैतडीमा किशोरी बेपत्ता घटना रहस्यमय बन्दै गएको छ।गत असोज २५ गते बिहानदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता नलागेको हो।उनी हराएको आज १३ दिन बितिसक्दा पनि कुनै संकेत नपाइएको हो। किशोरीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।आफन्तका घर, महाकाली किनार, भारत र नेपाल दुवैतर्फ खोजी गर्दा पनि अहिलेसम्म किशोरी फेला नपरेको उनले बताए। किशोरी खोजीमा प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय छ। तर अहिलेसम्म प्रहरीले किशोरीको कुनै सुइँको पाएको छै

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • २३३ पटक पढिएको
  • ‘छक्का पञ्जा ५’ले दुई सातामै कमायो १७ करोड २० लाख

    इटहरी । आक्रामक व्यापार गरिरहेको फिल्म ‘छक्का पञ्जा ५’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ। दसैँको अवसरमा असोज २४ गतेबाट रिलिज भएको यस फिल्मले दुइ सातामा १७ करोड २० लाख ग्रस कलेक्सन गरेको हो। दुई सातामा ‘छक्का पञ्जा ५’ १७ करोड २० लाख कमाइ गरेको यस फिल्मका वितरक मनोज राठीले जानकारी दिए।‘दुइसातामा फिल्मले १७ करोड २० लाख हाराहारीमा ग्रस कलेक्सन गरेको छ। आज तेस्रो सातामा पनि फिल्मले दर्शकहरुको राम्रो साथ छ पाइरहेको छ ।ब्यांकटेस इन्टरटेनमेन्टले यस फिल्मलाई नेपालभर वितरण गरिरहेको छ। पहिलो साता भने फिल्मले साढे ११ करोड कमाइ गरेको थियो।   दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, व

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ५२८ पटक पढिएको
  • साफ : पहिलो हाफमै माल्दिभ्सको पोस्टमा भुटानको ६ गोल

    काठमाडाैं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा माल्दिभ्सविरुद्ध भुटानले पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिँदा भुटानले माल्दिभ्सविरुद्ध ६–० को फराकिलो अग्रता बनाएको हो। भुटानका लागि पेमा छोदेन छिरिङ र डेकी लाजोमले समान दुई गोल गरे। सोनाम छोदेन र नाम्गेल डेमाले समान एक गोल गरे। तेस्रो मिनेटमा सोनाम छोदेनको पेनाल्टी प्रहार मालदिभ्सकी गोलरक्षक अमिनाथ लिजाले जोगाईन्। पाचौँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाइन्। खेलको आठौँ मिनेटमा पेमा छोडेन छिरिङले तिन डिफेन्डरलाई बिट गर्दै बललाई प

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • २८९ पटक पढिएको
  • रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

    पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • १७२ पटक पढिएको
  • जाइकाको निर्णय आएपछि क्षतिग्रस्त वीपी राजमार्ग पुनर्निर्माणको तयारी

    काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढी–पहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडक खण्डको पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनर्निर्माणको काम थालिने जनाएको छ । वीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढीपहिरोले अबरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत अ

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • २७६ पटक पढिएको
  • पिङ खेल्न गएका दुई बालिका बलात्कृत, सशस्त्रका दुई सहायक हवल्दार पक्राउ

    दाङ । दाङमा दुई बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार  पक्राउ परेका छन् ।सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुई जना पक्राउ परेका हुन् । गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । दसैँको सम्मुखमा पिङ खेल्न आएका ती दुई बालिकालाई २९ न. ज्वालामाई गणमा कार्यरत उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले अरोप लगाएका छन्। सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाह पाएर स्थानीयले बुधबार गणलाई घेराउ गरेका

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • १७९ पटक पढिएको
  • बागमती प्रदेशका १३ मध्ये भक्तपुर अस्पताल उत्कृष्ट

    काठमाडाैं । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो।मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई उत्कृष्ठताको पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका अस्पतालकी निर्देशक डा.सुमित्रा गौतमले जानकारी दिइन्। समीक्षा बैठक बुधबार समापन भएको हो। भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो। अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेख

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • १९५ पटक पढिएको
  • एमालेलाई जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

    काठमाडाैं ।  सरकार नेतृत्वकर्ता नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सुनुवाइका लागि न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ। विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भनी गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।मुलुकको

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • २३४ पटक पढिएको
  • रविको बयान लिन आलटाल गरेर हिरासत बसाई लम्ब्याउन खोजेको रास्वपाको आरोप

    कास्की । रवि लामिछानेसँग समयमै बयान नलिएर सरकारले हिरासत बसाइ लम्ब्याउन खोजेको आरोप रास्वपाले लगाएको छ । रास्वपाका वरिष्ठ उपाध्यक्ष तथा सांसद डा. स्वर्णिम वाग्लेले यस्तो आरोप लगाएका हुन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको विषयमा आज कास्की जिल्ला अदालतमा म्याद थपबारे बहस हुँदैछ ।  लामिछानेलाई म्याद थप गर्न अदालत लैजानुअघि वाग्लेले यस्तो टिप्प्णी गरेका हुन् । उनले अदालतको सम्मानमा आज पोखरामा हुने आन्दोलन शान्तिपूर्ण र सांकेतिक हुने पनि जानकारी दिएका छन् । उनले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको बुधवार साँझबाट पुष्टि भएको बत

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • १३९ पटक पढिएको
  • पिँधमा बालुवा थुप्रिँदा उच्च हुँदै सप्तकोशीको सतह

    सुनसरी । वर्षायाममा बाढी आउँदा सप्तकोशीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढने बित्तिकै सप्तकोशी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोशी नदीमा केन्द्रीत हुन्छ । वर्षायाममा पानी र बाढीले भरीभराउ हुने सप्तकोशी नदीमा सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छन् । धेरै ठाउँमा त बालुवाका टापु नै देखिन्छन् । यी टापु देख्नेले भन्छन्, ‘नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षातमा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो ।’सप

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • १७० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल