All Posts By इटहरी खबर संवाददाता

    Showing १,०२१-१,०३० of ३,०८६ items.
  • खाेटाङ साकेला गाउँपालिकाका वडाध्यक्ष अमेरिका गएकाे नाै महिना बित्याे फर्किएर आएनन्

    खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौं महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्व वडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो ।उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्व वडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्य

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ३३३ पटक पढिएको
  • डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

    पर्सा । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ।मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम पारम्भ भएको जानकारी दिए । ‘दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको छ’, उनले भने, ‘गत असोज १७ गते पाइपलाइपबाट परीक्षणका लागि पाँच हजार

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • २५४ पटक पढिएको
  • मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात

    म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ। स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् ।कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, ‘यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भिक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • १३४ पटक पढिएको
  • विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

    काठमाडौं । विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपी ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैंकको केन्द्रीय कार्यालयमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थाप

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ३३० पटक पढिएको
  • रास्वपाले आज पोखराको प्रदर्शन टुङग्याएर काठमाडौं केन्द्रित हुने

    काठमाडौं । रास्वपाले पोखरा केन्द्रित आन्दोलन आज (बिहीबार) देखि टुंग्याउने भएको छ । पोखरामा अहिले पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने तयारी गरेको जनाएको हो ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको हो ।पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गरेर अहिले बिहान १० बजे पार्टीले पोखराको वाई चोकमा भेला भएर प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनमा सहभागी हुन पनि र

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • १४२ पटक पढिएको
  • भीड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको आग्रह

    काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गरेको छ। आज (बुधबार) बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ ।समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ । सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ ।बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने,

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • २६२ पटक पढिएको
  • सत्तारुढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का हुने निष्कर्ष

    काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ ।बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ३५९ पटक पढिएको
  • फेरि ४० अर्ब लगानीयोग्य रकम तान्दै राष्ट्र बैंक

    इटहरी । नेपाल राष्ट्र बैंकले बजारबाट फेरि ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ७ दिनका लागि उक्त निक्षेप संकलन गर्नलागेको हो। यसको बोलकबोल आजै हुनेछ भने घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन सकिनेछ। उक्त निक्षेप राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ। निक्षेप संकलन बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। निक्षेपको सावाँ र ब्याज भुक्तानी १४ गते हुने राष्ट्र बैंकले जनाएको छ। यसअघि असोज ३० मा

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • १९४ पटक पढिएको
  • वार्षिक ७ टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

    दाङ । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्। ‘लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो। हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन्। उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्। मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुनेगरेको छ।वार्षिक १६ लाख रुपैयाँको कारोबार गरिरहेका  पौरखी घर्तीले ७ लाख रुपैयाँ बचत हुने बताइ। एक किलो मह ५ सय रुपैयाँमा बिक्री गर्दै आएको उनले सुनाए।वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • २५३ पटक पढिएको
  • पाेखराका सहकारीपीडितहरू भन्छन : रास्वपाका नेता-कार्यकर्ताले घर घर पुगेर धम्क्याए

    कास्की । कास्कीका सूर्यदर्शनसहितका सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले घरघरर पुगेर आफूहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाएका छन्।सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी रास्वपा नेता तथा कार्यकर्तालाई उक्त आरोप लगाएका हुन्। पीडितहरूले रास्वपासँग १० महिनाअघि नै पार्टी सभापति रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्दा के हेरेर बसेका थियौ भन्ने प्रश्न पनि गरेका छन्। अहिले पोखराका चोकचोकमा गरिएका आन्दोलन सहकारीपीडितविरुद्ध भएको जिकिर पनि विज्ञप्तिमा गरिएक

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • २६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल