All Posts By इटहरी खबर संवाददाता

    Showing १,०९१-१,१०० of ३,०८६ items.
  • पावर प्लेमा अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट प्रर्दशन

    इटहरी । अमेरिकाविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पावर प्लेमा उत्कृष्ट प्रर्दशन गरेको छ। अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा १ विकेट गुमाएको छ। नेपालले ६ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ५० रन बनाएको छ। पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे।ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के। तेस्रो नम्बरमा कुशल भुर्तेल आएका छन्। ओपनर आशिफ १४ र कुशल २ रनमा अविजित छन्। 

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • २७३ पटक पढिएको
  • पश्चिमी र स्थानीय वायुको प्रभावले देशैभरको मौसम बदली

    इटहरी। हाल देशभर पश्चिमी वायुको प्रभाव छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि प्रभाव रहेको छ।यतिबेला (शुक्रबार बिहान) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • २२३ पटक पढिएको
  • साफ महिला च्याम्पियनसिपः आज दुई खेल हुँदै

    इटहरी । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज शुक्रबार दुई खेल हुँदैछन्। घरेलु मैदानमा बिहीबार देखि सुरु च्याम्पियनसिपमा शुक्रबार समूह ‘बी’ का दुई खेल हुनेछन्।पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन्। सो खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ। शुक्रबारै हुने दोस्रो खेलमा भने घरेलु टोली नेपाल र भुटान खेल्ने तालिका छ। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।बिहिबार देखि सुरु च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानमाथि ५–२ को फराकिलो जित दर्ता गरेको हो। पाँच पटकको च्याम्पियन भारत अघिल्लो संस्करण नेपालमा नै भएको च्याम्पियनसिपमा घरे

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • ३०७ पटक पढिएको
  • बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

    एजेन्सी । बंगलादेशको एक अदालतले बिहीबार निर्वाशित पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थीहरुको नेतृत्वमा भएको क्रान्ति उत्कर्षमा पुगेपछि हसिना गत अगस्टमा भारत पलायन भएकी थिइन् ।अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादर र अरु ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । ती व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन । ‘अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र उनलाई नोभेम्बर १८ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ’, बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य सरकारी वकिल इस्लामले पत्रकारहरूसँग भने ।शेख हसिनाको १५ वर्षे

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • २९० पटक पढिएको
  • निर्वाचन आयोगले माग्यो नेपाली नागरिकता त्याग्नेहरुको विवरण

    इटहरी । निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्य

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • १५६ पटक पढिएको
  • विपद संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि एक करोडसम्म राहत रकम दिइने

    इटहरी । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई तत्काल राहतको रुपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ । आज (बिहीबार) बसेको बैठकले २० वटा जिल्लाका ७१ वटा संकटग्रस्त स्थानीय तहलाई क्षतिको आधारमा रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिएका छन् । उनले भने, ‘यो बैठकको मुख्य विषय भनेको नेपाल सरकारले असोज २१ गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २० वटा जिल्लाका ७१ वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरियो । संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • २०८ पटक पढिएको
  • विवादमा आलियाको फिल्म ‘जिगरा’, स्क्रिप्ट चोरीको आरोप

    एजेन्सी । आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘जिगरा’ विवादमा परेको छ। फिल्म रिलिज हुनुअघि नै यसको विषयवस्तु र कथालाई लिएर धेरै प्रश्न उठेका थिए। जसको असर फिल्मको व्यापारमा पनि परेको छ। किनकी यस फिल्मले ६ दिनमा भातरमा जम्मा २० करोड मात्रै कमाएको छ।अर्कोतर्फ, टी(सिरिजकी मालिक दिव्या खोसला कुमारले पनि आलियाको आलोचना गरेकी छिन्। दिव्याले जिगराको कथा आफ्नो फिल्म सावीसँग मिल्दोजुल्दो रहेको आरोप लगाएकी छन्। उनले केही दिनअघि एउटा तस्विर पोष्ट गरेका थिइन्, जसमा थिएटरभित्रका सिटहरू खाली देखिएका थिए। आलियाले जिगराको सबै टिकट आफैंले किनेर झुटो संकलन गरेको उल्लेख गरेकी थिइन्।एक प्रयोगकर्ताले दिव्य

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २८३ पटक पढिएको
  • "इटहरीको टेंग्रा खोला किनारमा सिलाैटों बेच्ने अनील भन्छन्: 'महिनाको ४० हजार बसेरै कमाउँछु।'"

    इटहरी ।सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् । उनले भने, ‘सिलौटा बनाउने हाम्रो पुर्ख्याैली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदै आएको छु ।’ इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दै आएका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको सहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्ट

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २०७ पटक पढिएको
  • पर्यटन प्रवर्द्धन गर्न भाेजपुरमा कात्तिक ३ गते देखि बृहत् हतुवागढी महोत्सव

    भोजपुर । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म  २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ । कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, ह

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २३१ पटक पढिएको
  • सन्तान छाडेर श्रम गर्न विदेशिंदै आमाहरु : प्रतिवेदन भन्छ बर्षमा ८० हजार हाराहारी महिला रोजगारीका लागि विदेशिँन वाध्य छन

    इटहरी ।  दसैंको पूर्व सन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन्  । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नु पर्‍यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेशिन लागेको उनको भनाइ थियो । कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन सकिनन् ।छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्न समेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेशिन बाध्य भएको बताइन् । ‘सन्तान छाडेर विदेशिने कुन

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • १४३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल