All Posts By इटहरी खबर संवाददाता

    Showing १,१११-१,१२० of ३,०८६ items.
  • हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक बनाएपछि विवाद

    इटहरी । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यवाहकको जिम्मेवारी नदिइ नियम विपरीत वडाध्यक्षलाई दिएका हुन् । आफूसँग राम्रो सम्बन्ध नभएका कारण साङपाङले उपप्रमुखलाई दिनुपर्ने जिम्मेवारी वडाअध्यक्षलाई दिएका हुन् ।उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् । साम्पाङ बिहीबार बेलायत भ्रमणमा जान लागेका छन् । साम्पाङले वडाअध्यक्ष फागुलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्म

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ४३२ पटक पढिएको
  • साइकल खोज्दा भेटिए चन्द्रबहादुरका हत्या आरोपी

    नेपालगञ्ज । बडादशैंको राति टाउको काटिएको अवस्थामा भेटिएका चन्द्रबहादुर कामीको हत्या आरोपमा  ३० वर्षीय अनिल परियारलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । साविक घर्तीगाउँ रोल्पा निवासी परियारलाई अघैया–कुसुमखण्डमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले मंगलबार बिहान पक्राउ गरेको बाँकेका डीएसपी आयुष्मान जोशीले जानकारी दिए ।परियारलाई पक्राउ गरिए पनि हत्याको कारण भने अझै खुलिनसकेको प्रहरीले जनाएको छ । असोज २६ गते कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामीको टाउको नभएको शव फेला परेको थियो ।घटनापछि प्रह

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ४८३ पटक पढिएको
  • गौशालाको धर्मशाला खाली गरिंदै, काठमाडौं महानगरले माग्यो सुरक्षा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशालास्थित धर्मशाला सञ्चालन गर्नका लागि काठमाडौं जिल्ला प्रशासनसँग सुरक्षा मागेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पत्र लेख्दै प्रशासनसँग सुरक्षा दिन माग गरेका हुन् ।पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबिच पशुपति गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापन गर्ने लिखित सहमति भएको र उक्त सहमतिपत्र बमोजिम सञ्चालन र व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोग गरिदिन पत्रमा प्रशासनलाई अनुरोध गरिएको छ । यसैबीच मारवाडी समुदायले कब्जा जमाएको गौशालास्थित पशुपतिनाथको धर्मशाला खाली गराउने तयारी अगाडि बढाइएको छ । काठमाडौँ महानगरले आज धर्मशाला

    • प्रकाशित मितिः असोज २९, २०८१
    • २८० पटक पढिएको
  • काठमाडौंमा बढ्दै चिसो : दुई सातामै ५ डिग्री घट्यो तापक्रम

    काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।&nb

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ३३३ पटक पढिएको
  • बीपी राजमार्ग : जोखिम र जामका बीच यात्रा गर्नुपर्ने वाध्यता

    काठमाडौं । गत असोज १० गतेबाट आएको भीषण वर्षाको कारण आएको बाढी पहिरोले बगाएको बीपी राजमार्गमा डाइभर्सन गरी यातायात खुलाइएको छ । संघीय राजधानीलाई पूर्वी जिल्लासँग जोड्ने छोरी राजमार्ग भएका कारण पहिरो पन्छाएसँगै वीपी राजमार्गमा गाडीहरुको चाप बढेको छ । दशैँमा टीका लगाउन गाउँ गएकाहरु ध्माधम काठमाडौं फर्किन थालेसँगै अहिले बीपी राजमार्गमा सवारी साधनको भीड बढेको छ । सोमबार सडकमा साना सवारी साधनको निकै लामो लाइन देखिएको छ । रोशी खोलाको बाढी र पहिरोले बगाएको सडक फूलपातीको दिन राति खोलिएको भए पनि राति नै सुख्खा पहिरो गएपछि बन्द भएको थियो । पुनः सुक्खा पहिरो हटाएर सवारी साधन सञ्चालनको लागि खुल्ल

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ३०४ पटक पढिएको
  • बाढीले सुनसरीमा अढाइ करोडको तरकारी बाली क्षति

    इटहरी ।यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए ।बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । ‘बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ’, प्रमुख सिंहले भने । स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए ।बाढीले

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ३६८ पटक पढिएको
  • खोटाङको कुबिन्डे केन्द्रबिन्दु बनाएर भूकम्प

    इटहरी ।खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति १० बजेर ३२ मिनेटमा जिल्लाको कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ३०९ पटक पढिएको
  • झापामा छिमेकीको आँगनमै श्रीमतीको हत्या , फरार चौहान जंगलबाट समातिए

    झापा । झापाको अनर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले साेमबार साझ करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो ।चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब  ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए । घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । 

    • प्रकाशित मितिः असोज २९, २०८१
    • २६३ पटक पढिएको
  • भारत-क्यानडा तनाव उत्कर्षमा, ६ क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय

    एजेन्सी । क्यानडाबाट आफ्ना उच्चायुक्त र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ। बीबीसी हिन्दीका अनुसार भारत सरकारले आफ्नो देशमा रहेका क्यानडाका कार्यकारी उच्चायुक्त स्टिवर्ट रस ह्विलर, उपउच्चायुक्त प्याट्रिक हेबर्ट, प्रथम सचिवहरू मेरी क्याथरिन जोली, इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला अर्जुएलालाई देश निकाला गर्ने निर्णय गरेको हो।   भारतीय विदेश मन्त्रालयले उनीहरूलाई यही अक्टोबर १९ राति ११ बजेर ५९ मिनेटअघि भारत छाड्न भनेको छ।यसअघि भारतले क्यानडामा रहेका आफ्ना उच्चायुक्त सञ्जयकुमार बर्मा र अन्य कूटनीतिज्ञहरूला

    • प्रकाशित मितिः असोज २९, २०८१
    • २४७ पटक पढिएको
  • डडेल्धुरामा किशोरी हत्या आरोपमा व्यापारी पक्राउ : पसल बाहिर शव राखेर तीन घण्टा खाँदै बसे रक्सी

    डडेल्धुरा । डडेल्धुरामा हिजो मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको हो । भण्डारीले भट्टराईको हत्या गरेको स्वीकारेको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । पोखरा बजारमा ‘भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ’ सञ्चालन गरिरहेका भण्डारीले पसलभित्र कोठामा आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको स्वीकारेको प्रनाउ श्रेष्ठले जानकारी दिए ।तर उनले किशोरीको हत्

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ३५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल