एजेन्सी । चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन भएको छ।एक वर्षअघि मात्र उनले क्यान्सरबाट निको भएको जानकारी दिएका थिए।अतुल परचुरे मराठी र हिन्दी सिनेमाका चर्चित अभिनेता थिए। उनले मराठी चलचित्र, नाटक र धारावाहिकमा अभिनय गरेका छन्।क्यान्सरबाट निको भएर अतुल परचुरेले फेरि अभिनय गर्न थालेका थिए।बीबीसीको मराठी सेवाका अनुसार तर पाँच दिनअघि फेरि समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।उपचारकै क्रममा उनको निधन भएको हो। भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सामाजिक सञ्जालमार्फत अभिनेता अतुल परचुरेको निधनप्रति दुःख व्यक्त गरेका छन्।
इटहरी । दसैंमा बन्द भएका सरकारी कार्यालयहरू आज (मंगलबार) देखि खुलेका छन् । सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन् । सरकारी कार्यालयहरूमा आजदेखि नियमित सेवा सञ्चालन हुने भएको छ ।आज पनि मान्यजनबाट टीका–जमरा लगाउने क्रम जारीआश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त
इटहरी । हाल देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ भने बाँकी प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ।जसका कारण यतिबेला (मंगलबार बिहान) कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असोज २९ देखि कात्तिक १ गतेसम्म मौसम यस्तो रहने सम्भावना छ-असोज २९ गते (मंगलबार)दिउँसोː कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका थोरै स्थानमा
गण्डकी । पोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुुई सय वर्ष अघिदेखिको इतिहासको साक्षी हो ।यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागु पूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ । फागु पूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् ।यहाँबाट देखिने पोखरा र लेखनाथ क्षेत्रका ताल तथा पोखरा उपत्यका क्षेत्रको सुन्दर दृष्यले जोकोहीलाई लोभ्याउने गरेको मनिथान संरक्षण समितिका सल्लाहकार शिवबहादुर थापाले बताए । मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत आधा दर्जन हिमाल ए
इटहरी । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् ।आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानि
एजेन्सी । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ ।हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको हो ।तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो । हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ । सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उनको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित उनको परिवारलाई स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो । अविरल वर्षासँगैको पहिरोबाट विस्थापित उनको परिवारलाई तत्काल खाने बस्ने व्यवस्था नगरपालिका र वडा कार्यालयले गरेको छ । घरमाथिबाट खसेको पहिरोले ढुङ्गामाटोको तीन तले घरसँगै घरमा भएका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार पूर्णरुपमा विस्थापित भएको हो । असोज–१२ गतेको पहिर
चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ ।रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ ले बोलपत्र सकारेर काम गरिरहेको छ ।महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभील
एजेन्सी । जारी आईसीसी महिला टी– २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । त्यस्तै पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।यो जितसँगै अस्ट्रेलिया समूह ‘ए’ मा लागातार चार जित सहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ । अब समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने अर्को दे
चितवन । चितवनमा भाउजुको हत्या आरोपमा ज्वाइँ (नन्दको श्रीमान) पक्राउ परेका छन् । माडी नगरपालिका–७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या आरोपमा स्थानीय ६२ वर्षीय टीकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो ।रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । असोज १९ गतेदेखि घरबाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।घटना शङ्कास्पद भएपछि अनुन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ । टीका