All Posts By इटहरी खबर संवाददाता

    Showing १,१४१-१,१५० of ३,०८६ items.
  • खुर्काेटमा बेलिबृज जडान सुरु, कहिलेसम्म सकिएला काम ?

    काठमाडौं । सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्काेटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय  मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो । सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात

    • प्रकाशित मितिः असोज २१, २०८१
    • २३५ पटक पढिएको
  • दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिंदै, यस्तो छ पूजा विधि

    काठमाडौं ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।आज बिहान ०६:१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी

    • प्रकाशित मितिः असोज २१, २०८१
    • २६५ पटक पढिएको
  • बाढी–पहिरोले काभ्रेका सडक अवरुद्ध, बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

    काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडक समेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न  सामग्री पठाउन थालेको हो ।आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईले बताए । उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको  सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका ल

    • प्रकाशित मितिः असोज २१, २०८१
    • २५७ पटक पढिएको
  • हिमाल आरोहण अध्ययन गर्न मनाङको थोरङ हिमचुलीमा

    काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौं ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुली समेत आरोहण गरे । उनीहरुले यही  असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिइ गएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिए  । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बिएमएस) मा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन्

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ३५१ पटक पढिएको
  • बाढी–पहिरोमा परी देशभर २४४ जनाको मृत्यु, १९ बेपत्ताको कसरी हुँदैछ खोजी ?

    काठमाडौं । हालैको बाढी–पहिराेमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।‘बाढी-पहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, उनले भने । सरकारले जिल्ला विपद् व्यवस्थापन

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ४८२ पटक पढिएको
  • अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ मा

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को स्थगित २३ औं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने भएको छ । आज (शनिबार) बसेको अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलको बैठकले स्थगित भएको सम्मेलन आगामी मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको हो ।यसअघि देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना एवं नेपालीहरुको महान् पर्व दसैँलाई देखाएर अखिल (क्रान्तिकारी) ले बन्दसत्र स्थगित गरेको थियो । अखिल (क्रान्तिकारी) को सम्मेलनमा उमेर हदको विषयलाई लिएर विवाद छ ।

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ३३८ पटक पढिएको
  • देशभर अझै ३० सडक अवरुद्ध, सञ्चालन भएकामा पनि सास्ती

    काठमाडौं । गत साताको बविरल बर्षापछिको बाढी र पहिरोले अझै देशभर ३० सडक अवरुद्ध छन् । बीपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, पुष्पलाल मध्यपहाडी मार्ग, रवि राँके सडक, बेत्राबती मैलुङ सडकलगायत राजमार्ग र सडक विभिन्न खण्डमा अवरुद्ध भएका हुन् । देशभर ४२२ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।नवलपरासीको दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा आएको छ । हिजो साँझ भासिएको सडक मर्मत गरेर एकतर्फी सवारी सञ्चालन गरिएको हो । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित खुर्सानी खोलानजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो ।भासिएको ठाउँमा माटो र ढुङ्गाले भरेर सवारी चलाउँदा फेरि भासिने भएकाले

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ३६८ पटक पढिएको
  • निर्मल पुर्जा र मिङ्मा शेर्पाले बनाए फेरी अर्काे कीर्तिमान , विना अक्सिजन १४ हिमाल चढे

    इटहरी । कीर्तिमानी आरोही निर्मल (निम्स दाइ) पुर्जा र मिङ्माजी शेर्पाले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन् । दुवै आरोहीले तिब्बती समयअनुसार शुक्रबार अपरान्ह ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि १४औं आरोहणको कीर्तिमानी बनाएका हुन् ।आरोहण सफलतापछि पुर्जाले विना अक्सिजन १४  हिमालको आरोहण गरेर आफूहरु दुई जनाले पहिलो नेपाली रेकर्ड बनाएको जानकारी दिए । उनले विश्वलाई आफूहरुले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताएका छन् । उनीहरुले ८ हजार मिटर भन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विना अक्सिजन आरोहण गरिसकेका छन् ।

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ३३९ पटक पढिएको
  • बाढीपीडितहरू भन्छन : दसैंले छाेप्याे न बस्ने ठाउ रहयाे , न त खाने केहि छ ?

    इटहरी । हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ । वर्षभरिको दुःख बिसाउने, विछोडिएका आफन्तजन जमघट भएर उत्साह र उमङ्ग साट्ने यो पर्वमा यस पटक धेरै परिवारको ओत लाग्ने छानो समेत छैन । त्यसैले धेरैका लागि यो दसैं उमङ्गविहीन हुने भएको छ । हुन त बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहत सामग्री वितरण कार्य काम भइरहेका छन् । यस कार्यमा सरकार मातहतका निकाय र विभिन्न गैरसरकारी सङ्घसंस्थाहरु निरन्तर जुटिरहेका छन् तर काठमाडौँ उपत्यकाको ललितपुर जिल्लाभित्रकै स्थानीय तहहरूमा अझै पनि पर्याप्त राहत सामग्री पुर्‍

    • प्रकाशित मितिः असोज २०, २०८१
    • २८२ पटक पढिएको
  • माइला लामालाई स्वास्थ्यमन्त्रीले सोधे : उपचारको पैसा तिर्नु त परेन नि ?

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद प्रभावित क्षेत्रमा विपदपछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अनुगमन गरेका छन् । बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर घाइतेहरूले निःशुल्क उपचार पाए वा नपाएको जानकारी लिएका छन् ।मन्त्री पौडेलले उपचाररत घाइतेहरूसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै प्रश्न पनि गरेका छन् । परिवारका सात जना सदस्य गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्र

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ३५९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल