All Posts By इटहरी खबर संवाददाता

    Showing १,२४१-१,२५० of ३,०८७ items.
  • ‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

    इटहरी डेस्क । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे । ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ४३२ पटक पढिएको
  • उपत्यकाको ११ स्थानमा इतिहासकै ‘रेकर्ड ब्रेक’ वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख छ । विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार बर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पान

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २६६ पटक पढिएको
  • बाढी–पहिरो अपडेट : देशभर मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

    इटहरी । अविरल वर्षासँगँ गएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १९२ को पुगेको छ । ३० जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । प्राकृतिक विपदमा १९४ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।  उनका अनुसार बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ । हालसम्म करिब चार हजार पाँच सय बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिए

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २३४ पटक पढिएको
  • प्रधानमन्त्री ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किदै

    इटहरी । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्किनका लागि हिजो नै कतारको दोहा प्रस्थान गरेका छन् । उनी आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उनी हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन पुगेका थिए ।प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २७६ पटक पढिएको
  • केसलिया खोलामा तटबन्ध निर्माण हुने, डुबान रोकथामका लागि स्थायी समाधानको खोजी

    भोजराज घिमिरे विराटनगर, असोज १३ – विराटनगर महानगरपालिकाको पश्चिमतर्फ रहेको केसलिया खोलामा तटबन्ध निर्माण हुने भएको छ। गत बुधबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण महानगरको पश्चिम-दक्षिणी भाग डुबानमा परेको थियो। प्रत्येक वर्ष वर्षायाममा यो क्षेत्र डुबानमा पर्दै आएको छ, जसको मुख्य कारण केसलिया खोलाको पानी र महानगरको उत्तरतर्फबाट बगेर आउने पानी हो।डुबानको समस्या रोकथामका लागि कोशी प्रदेश खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको सहयोगमा खोलामा तटबन्ध निर्माण गरिने भएको हो। यस सम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्की, महानगरका कार्यवाहक प्रमुख विश्वनाथ भगत, र मन्त्रालयका सचिव प्रदीप वान्तवा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • २६३ पटक पढिएको
  • पूर्वमुख्यमन्त्री केदार कार्कीले लगाए प्रमुख जिल्ला अधिकारीमाथि आरोप

    भोजराज घिमिरे मोरङ, विराटनगर – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता केदार कार्कीले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईमाथि गम्भीर आरोप लगाएका छन्। उनले सीडीओ भट्टराईलाई माटोमा कमिसन खाएको र बाढीले प्रभावित बस्तीमा नपुगेको आरोप लगाएका हुन्।केदार कार्की प्रदेशका विवादित नेताको रूपमा परिचित छन्, र यसअघि पनि उनी विभिन्न घटनामा विवादित बन्दै आएका थिए। तर, यसपटक उनले स्थानीय प्रशासनका प्रमुखमाथि सीधा आक्रमण गरेका छन्, जसले उनको राजनीतिक जिम्मेवारीमाथि प्रश्न उठाएको छ।तर, स्थानीय बासिन्दा र राजनीतिक वृत्तका कतिपय नेताहरूले भने मोरङका सीडीओ प्रेमप्रसाद भट्टरा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३५८ पटक पढिएको
  • ललितपुरको दक्षिणी क्षेत्रमा १७ जनाको मृत्यु, सडक, विद्युत र सञ्चार सम्पर्कविहीन

    ललितपुर । शुक्रबारदेखिको बाढी र पहिरोले ललितपुरको दक्षिणी क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १० जना हराइरहेका छन् । बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् ।विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति व्यहोर्नु परेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वय समेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए । ‘लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युतका पोल ढलेका छन् । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन सकिएको छ

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३५६ पटक पढिएको
  • हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बेहोस हुन्जेल राेए समर्थक

    एजेन्सी । हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बीबीसी संवाददाता करेन टोर्बीले लेबनानको राजधानी बेरुतनजिकैको अन-अल मारासेहमा बस्ने केही विस्थापित व्यक्तिसँग कुरा गरेका छन्।उनका अनुसार हसन नसरल्लाहको मृत्युको खबरले यीमध्ये धेरै मानिस स्तब्ध भएका छन्।कतिपय बेहोस भएर भुइँमा लडे, कोही चिच्याउँदै र यताउता दौडिए।एक महिलाले भनिन्, ‘म चाहन्छु उनीहरूले बरु हामी सबैलाई मारून्, उन (नसरल्लाह) लाई छाडिदिऊन्।’ अर्की महिलाले भनिन्, ‘अब म कसरी देहिएहमा फर्किनु, जब सय्यद (नसरल्लाह) अब यो संसारमा छैनन्।’नसरल्लाह आफ्ना समर्थकका शीर्ष नेता मात्र नभई, उनीहरूको आइडल पनि थिए। उनको मृत्युपछि जनता गहिरो शोकमा छन्

    • प्रकाशित मितिः असोज १३, २०८१
    • २३८ पटक पढिएको
  • सिस्नेरीबाट उद्धार गरिएका एन्फा एकेडेमीका ३० जनालाई काठमाडौँ ल्याइयो

    काठमाडाैं । पहिरोका कारण मकवानपुरको एन्फा एकेडेमी सिस्नेरीबाट उद्धार गरिएका ३० जना बालकलाई ललितपुरको सातदोबाटोस्थित एन्फा एकेडेमीमा ल्याइएको छ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित वात्सल्यदेवी उच्च माविमा एन्फाले सञ्चालन गरेको प्रशिक्षण केन्द्रमा रहेका ३४ मध्ये ३० जना बालकको सकुशल उद्धार गरि एन्फा एकेडेमीमा ल्याइएको छ। अन्य ४ जना भने आफन्तसँगै बसेका छन्।दुई दिन देखि परिरहेको भिषण वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका ६ जनाको शव भने पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको एन्फा प्रवक्ता सुरेश शाहले बताए। पहिरोमा परि मृत्यु हुनेमा दिवस बानिया, प्रियान्स आचार्य, सा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • २२५ पटक पढिएको
  • बाढी हेर्न खोलामा जाँदा महाेत्तरीमा दुई युवककाे गयाे ज्यान

    महोत्तरी । महोत्तरीमा बाढीको चपेटामा परी दुई युवकले ज्यान गुमाएका छन्। सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुने भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए।यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन्।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ४१८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल