भोजराज घिमिरे

मोरङ, विराटनगर – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता केदार कार्कीले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईमाथि गम्भीर आरोप लगाएका छन्। उनले सीडीओ भट्टराईलाई माटोमा कमिसन खाएको र बाढीले प्रभावित बस्तीमा नपुगेको आरोप लगाएका हुन्।केदार कार्की प्रदेशका विवादित नेताको रूपमा परिचित छन्, र यसअघि पनि उनी विभिन्न घटनामा विवादित बन्दै आएका थिए। तर, यसपटक उनले स्थानीय प्रशासनका प्रमुखमाथि सीधा आक्रमण गरेका छन्, जसले उनको राजनीतिक जिम्मेवारीमाथि प्रश्न उठाएको छ।

तर, स्थानीय बासिन्दा र राजनीतिक वृत्तका कतिपय नेताहरूले भने मोरङका सीडीओ प्रेमप्रसाद भट्टराईको नेतृत्वलाई प्रभावकारी र असल मानेका छन्। भट्टराईलाई जिम्मेवार र सक्षम प्रशासकका रूपमा चिनिन्छ, जसले बाढीको समयमा पनि प्रशासनको नेतृत्वमा सक्रिय भूमिका निभाएका थिए।

कार्कीले यसअघि पनि विवादास्पद गतिविधिहरूमा संलग्न हुँदै आएका छन्, जसले गर्दा उनको छवि राजनीतिक वृत्तमा विवादास्पद रहँदै आएको छ। तर, यसपटक प्रमुख जिल्ला अधिकारीमाथि लगाइएको यो आरोपले कार्कीको आलोचना थप चर्किएको छ।

स्थानीयहरूले प्रशासनको कामको सराहना गर्दै सीडीओ भट्टराईको नेतृत्वमा विकास तथा विपद् व्यवस्थापनका कार्यहरू प्रभावकारी रूपमा सम्पन्न भइरहेको जनाएका छन्।