All Posts By इटहरी खबर संवाददाता

    Showing १,२७१-१,२८० of ३,०८६ items.
  • प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् । प्रधानमन्त्री ओलीले आजै संयुक्त राष्ट्रसङ्घको ७९औं महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली शनिवार स्वदेश आइपुग्ने तालिका रहेको छ । 

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २७७ पटक पढिएको
  • बिपी राजमार्ग एकतर्फी सञ्चालन

    धुलिखेल । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो ।अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी

    • प्रकाशित मितिः असोज ११, २०८१
    • १६९ पटक पढिएको
  • बर्षाले सप्तकाेशी सहित १४ स्थानमा सतर्कता तह पार, नदी तटीय क्षेत्रका बासिन्दालाई चेतावनी

    इटहरी । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी, बबई, मेची, नारायणी, केसलिया लगायतका १४ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ ।विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले खतरा तह पार गरिसकेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपु

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २४१ पटक पढिएको
  • काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैन : पर्यटनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गरे । कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको बताए । उनले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि बताए ।उनले जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताए । मन्त्री पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २९८ पटक पढिएको
  • झापाका वडाध्यक्ष घुस लिँदालिँदै परे विप्लव कार्यकर्ताको ‘फन्दा’ मा

    झापा  । झापाका एक वडाध्यक्ष घुस लिएको आरोपमा पक्राउ परेका छन् ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले झापा बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुससहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा वडाध्यक्ष ओलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको जनाएका छन् । एक भारतीय नागरिकलाई जमिन दिलाइ दिने भन्दै वडाध्यक्ष ओलीले एक लाख ६० हजार घुस मागेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बताएका छन् ।आज (मंगलबार) दिउँसो बिर्तामोडस्थित हनु

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ३१२ पटक पढिएको
  • उर्लाबारीमा नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

    इटहरी । उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ ।एक स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए । प्रहरीले ७० वर्षका हजुरबुवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बलात्कारको प्रयास भएपछि छात्राले विद्यालयका आफ्ना शिक्षकलाई घटनाबारेमा जानकारी गराएकी थिइन् । तिनै शिक्षकको ठाडो उजुरीमा हजुरबुवालाई हिजो साँझ घरैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ३९१ पटक पढिएको
  • इजरायलले लेबनानमा फेरि गर्‍यो आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

    एजेन्सी ।  इजरायलले बुधबार फेरि लेबनानमा आक्रमण गरेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी घाइते भएका छन्। इजरायली रक्षा बलले बुधबार आफ्ना लडाकु विमानहरूले हिजबुल्लाहका करिब २८० स्थानहरूलाई निशाना बनाएको बताएको छ।यसमा बिहान उत्तरी इजरायलमा हमला गरिएका क्षेत्र पनि पर्ने इजरायली सेनाले जनाएको छ। आईडीएफका अनुसार त्यहाँ हतियार भण्डार गरिएको थियो र सैन्य पूर्वाधार पनि निर्माण गरिएको थियो।यसअघि संयुक्त राष्ट्रसंघले सोमबारयता लेबनानबाट ९० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको थियो। साथै अक्टोबर २०२३ देखि लेबनान

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २७३ पटक पढिएको
  • भारी वर्षाले मुम्बई जलमग्न, रोकिए रेल, १४ उडान ‘डाइभर्ट’

    एजेन्सी । भारी वर्षाका कारण भारतको मुम्बई जलमग्न भएको छ।भारतको आर्थिक राजधानी मानिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो। जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन्। धेरै उपनगरीय क्षेत्र पनि डुबानमा परेको बीबीसी हिन्दीले जनाएको छ। जसका कारण स्थानीय रेल रोकिएका छन् भने मुम्बई आउने कम्तीमा १४ उडान डाइभर्ट गरिएको छ। भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले आज (बिहीबार) सबै विद्यालय र कलेजमा बिदा दिएको छ।मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ।अविरल वर्षाका कारण बुधबार थानेको मुम्ब्रा नजिकै राति साढे ९ बजे पहिरो ग

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ३२८ पटक पढिएको
  • सर्लाहीमा कुवेतबाट फर्किएका युवकले गोली हानेर गरे श्रीमतीकाे हत्या

    सर्लाही । सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। छाेराले प्रहार गरेकाे गाेली लागेर युवकका बुवा पनि घाइते भएका प्रहरीले जनाएको छ। गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ।प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २२९ पटक पढिएको
  • दयाहाङले सके ‘अञ्जिला’ को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिज मिति तोकिने

    इटहरी । अभिनेता दयाहाङ राईले फिल्म ‘अञ्जिला’को स्वराङ्कन (डबिङ) सकेका छन्। व्यस्त समय तालिकाबीच अभिनेता राईले फिल्मको डबिङ कार्य सम्पन्न गरेका हुन्।‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। मिलन चाम्स निर्देशित यो फिल्म यो फिल्म आगामी फागुन २९ गते रिलिज हुँदैछ।चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ।चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन्। साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका अभिनय छ। निर्माता प्रेम कुमार

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ४३१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल