काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै यस विषयमा मिडिया ट्रायल नगर्न पनि नेताहरुलाई सचेत गराएका छन् । भोलिसम्म चल्ने यस बैठकमा पार्टीका बागमती प्रदेशका केन्द्रीय सदस्य र सांसदहरु सहभागी रहेका छन् । यस बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीतिबारे सुझाव दिने बताइएको छ । गत साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठ
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहिबारबाट चल्ने गरी सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरेका हुन् । बिहिबार मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गरिने भएको छ ।पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बै
काठमाडाैं ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरुको प्रारम्भि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । आज (बुधबार) बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । प्रदेश तहको निर्वाचन ‘बहिष्कार’ गरेको रास्वपाले मिति घोषणा नहुँदै स्थानीय तहमा हुने उपचुनावका लागि भने तयारी थालेको हो ।सो पार्टीका सभापति रवि लामिछानेले पनि स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताए । निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको उनले जानकारी पनि दिए । यस सम्बन्धमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्ने उनको भनाई छ ।‘राजनीतिक दल चुनावमा भा
काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेपछि बस्ने गरी बोलाइएको छ ।केन्द्रीय समिति बैठकका लागि रास्वपाले १० बुँदे एजेण्डा तय गरेको छ । बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेतबाटै बर्खास्त गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । बैठकका लागि तय भएको एजेण्डाको नवौं नम्बरमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनबारे’ लेखिएको छ ।बैठकमा सासामयिक राजनीति तथा पार्टी गतिविधिबारे पनि छलफल गर्ने तयारी छ । रष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसम
इलाम । पछिल्लो समय इलाममा किसानको ‘ड्रागन फ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् । एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर रु आठ लाख र बिरुवा बिक्रीबाट रु चार लाख आम्दानी गरेका हुन् । ‘गत वर्षसम्म फल र बिरुवाबाट रु १२ लाख आम्दानी गरेको थिएँ’, उनले भने, ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु ।’उद
भोजपुर । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सिर्जना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ । हालसम्म चियाखेतीका लागि गाउँपालिकाले चार करोड ५ं० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशो
झापा । जिल्ला प्रहरी कार्यालय झापाले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ का ईन्द्रबहादुर आङ्देम्बे रहेका छन् ।घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तलासी लिँदा कुखुराको खोरको कासको छानोमा पेस्तोल बरामद भएको हो । प्रहरीले तिनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।
काठमाडाै । आईसीसी महिला टी– २० विश्वकप, २०२४ यूएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप अब यूएईमा हुने भएको आईसीसीले जानकारी दिएको छ ।अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी–२० विश्वकप यूएईको दुबई र शारजाहमा हुने भएको छ । आईसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट यूएईमा सरेको दिँदै आयोजक भने बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता यूएई सारिएको आईसीसीले जनाएको छ । यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड,
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकै पटक १०४ जना ‘सिनियर’ अधिकृतहरूको अवकाश हुने भएका छन् । नेपाल प्रहरीमा निरीक्षकदेखि डिआइजीसम्म ८९ जना र सशस्त्र प्रहरीमा १५ जना एकैसाथ अवकाश हुने भएका हुन् । त्यसबाट एकातर्फ उच्च तहका धेरै अधिकृतहरूका लागि बढुवाको बाटो खुल्नेछ । प्रहरी नियमावलीमा फेरबदल नआए भदौ १६ गते प्रहरीका माथिल्लो दर्जाका ८९ जना एकै दिन अवकाशमा जानेछन् । ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीको यति ठूलो संख्या एकसाथ घर जाँदा माथिल्लो तहमा ठूलो रिक्तता सिर्जना हुँदा बढुवाको लाइनमा रहेका अधिकृतहरूले अवसर पाउने छन् । भदौ १६ मा एक डिआइजी र भदौ २१ मा अर्का एआइजी पनि