All Posts By इटहरी खबर संवाददाता

    Showing १,७९१-१,८०० of ३,०८७ items.
  • भीरबाट खस्दा २२ वर्षीया युवतीको मृत्यु

    बैतडी । बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । भीरबाट लड्दा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । बुधबार घर नजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १०, २०८१
    • २९१ पटक पढिएको
  • स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी

    खोटाङ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताए । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भाजपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी

    • प्रकाशित मितिः साउन १०, २०८१
    • १४४ पटक पढिएको
  • पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी,  कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी

    • प्रकाशित मितिः साउन १०, २०८१
    • २८९ पटक पढिएको
  • विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण तीन दिनमा सकिने

    काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो ।अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिएका छन् । । उनकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको उनले जानकारी दिए ।मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ३५९ पटक पढिएको
  • आज २०८१ साउन १० गते बिहीबार : पाउ पाथीभरा देवीकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल

    मेष : यात्रामा मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। सहकर्मीबाट विरोध आउला। चोटपटकको भय पनि छ अतः सचेत रहनु होला।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बोल्दा विचार पुर्‍याउने। अरूको अहित हुने काम नगर्ने।वृष : परिश्रम गर्दा धनार्जन हुनेछ। लामो यात्रा सुखद रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रम

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३४९ पटक पढिएको
  • रुसी सेनामा ३४ नेपालीको मृत्यु, ६ जना युक्रेनमा बन्धक

    काठमाडाैं । रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ । रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपाली युक्रेनी सेनाले बन्धक बनाएर राखेको पनि उनले बताइन् । रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन् । हालसम्म ३२३ जनाको उद्धारको लागि परराष्ट्र मन्त्रालयम

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ४४५ पटक पढिएको
  • प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार अपरान्ह पाँच बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। त्रिभुवन विमानस्थलमा बिहान भएको सौर्य एयरलाइन्सको दुर्घटनाबारे उद्धार र राहतबारे निर्णय लिन प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठकमा ओलीले दुर्घटनाबारे जानकारी र छानबिन प्रक्रियाबारे पनि ब्रिफिङ गर्नेछन्। दुर्घटना लगत्तै प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे लगायत विमानस्थल पुगेका थिए। विमानस्थलको निरि

    • प्रकाशित मितिः साउन ९, २०८१
    • २१९ पटक पढिएको
  • नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा पर्‍यो ‘बम्बार्डियर सीआरजे २००’

    इटहरी । क्यानेडियन कम्पनी बम्बार्डियरको सीआरजे २०० जहाज नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा परेको छ।एभिएसन सेफ्टी नेटवर्कको रेकर्डअनुसार सन् २०१८ र २०१९ मा सीआरजे २०० सामान्य दुर्घटनामा परे पनि मानवीय क्षति नै हुने गरी भने बुधबार नै पहिलोपटक हो। क्यानेडियन कम्पनी बम्बार्डियरले सन् २००३ मा ९एन एएमई जहाज उत्पादन गरेको थियो। यसमा २ वटा जेट इन्जिन छन्।नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वैशाख १४ गते १ वर्षको लागि जहाज उडानको अनुमति दिएको थियो। उक्त दिनसम्म जहाजले २८ हजार ७८५ घण्टा ५७ मिनेट उडान भरिसकेको थियो।नेपालमा बम्बार्डियरको जहाजबाट अहिले सौर्य एयरलाइन्स र श्री एयरला

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३१२ पटक पढिएको
  • सौर्यको जहाज दुर्घटना : पाइलट बाहेक कोही बचेनन्, १८ शव निकालियो (सूचीसहित)

    इटहरी — काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् ।सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शाक्य सन् २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् ।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ४३५ पटक पढिएको
  • सौर्य एयर दुर्घटनामा बिलाए एकै परिवारका तीन जना

    इटहरी । बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ।एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, शर्माका श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान गएको हो। आफू पोखरा जाने भएपछि शर्माले श्रीमती र छोरालाई पनि सँगै लगेका बुझिएको छ। पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी प्रिजा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिवको सचिवालयमा कम्युटर अपरेटरको रुपमा कार्यरत थिइन्। मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। उक्त जहाज उड्ने क्रममा  त्रिभ

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल