All Posts By इटहरी खबर संवाददाता

    Showing १,८०१-१,८१० of ३,०८७ items.
  • लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिदै छन् । आज बिहान साढे ८ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको छ ।त्यस्तै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरुको नाम पनि टुंगाएका छन् ।एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका छन् । त्यसै गरी नेपाली कांग्रेसले पनि मन्त्री बन्नेहरुको नाम पनि टुंगो लगाएको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन्, जसमा बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँक

    • प्रकाशित मितिः साउन ९, २०८१
    • २१५ पटक पढिएको
  • ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजीनामा

    एजेन्सी । अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिएकी छन्।उनले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन्। जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्‍यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीले दबाब दिइरहेका थिए। हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारहरूसँग भने, ‘यो धेरै ढिला भएको छ, उहाँले यो काम कम्तीमा

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३७१ पटक पढिएको
  • दिउँसो ५, राति ४ प्रदेशमा पानी पर्ने सम्भावना, केही ठाउँमा भारी वर्षा हुने

    इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।यतिबेला (बुधबार बिहान) देशभर साधारणतया बदलीको अवस्था छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णा

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३५० पटक पढिएको
  • ताला फोर्न प्रयोग गर्ने औजारसहित चोरीमा संलग्न तीनजना पक्राउ

    काठमाडौं । काठमाडौंमा चोरीमा संलग्न तीन जनाको समूह चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ परेका छन्।प्रहरी वृत्त स्वयम्भुको टोलीले तारकेश्वर नगरपालिका–७ टोखा घर भई हाल चमति बस्ने वर्ष १९ को अभय नेपाली, ओखलढुङ्गाको लिखु गाउँपालिका–७ घर भई हाल विजेश्वरी बस्ने वर्ष २४ को निरज खड्का र काभ्रे मङ्गलटार घर भई हाल चमती बस्ने वर्ष २० को सुरेन्द्र तामाङलाई नियन्त्रणमा लिएको हो।यही साउन ७ गते दिउँसो काठमाडौं महानगरपालिका–१५ चमती स्थित मिलन लम्सालको कोठाको ताला फोडी कोठाभित्र रहेका सुनका गर गहना, नगद, घडी, ल्यापटप लगायतका धनमाल चोरी भएको थियो।सो खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भुबाट

    • प्रकाशित मितिः साउन ९, २०८१
    • १८४ पटक पढिएको
  • आकाशमा बादल देख्दा पनि त्रसिन्छन् बाढीबाट विस्थापित परिवार

    सर्लाही ।  वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आएकी छन्। असार २३ गते राति कनकट्टी खोलामा आएको बाढीले घरभित्रको सबै सामान बगाएर लगेपछि धामी विद्यालयमा बस्दै आएकी हुन्। खोलाको बाढी बस्तीमा छिरेपछि रातीका बेला घर छाड्न बाध्य भएका यहाँका ७९ परिवारमध्ये आठ परिवार वडाका दुईवटा विद्यालयमा आश्रय लिएर बस्दै आएका छन्।बाढीको पानी घटेपछि ७१ परिवार भने घर फर्किसकेका छन्। आठ परिवार भने बाढीबाट घरबारविहीन भएकाले अझै पुनर्वास हुनसकेका छैनन्।विद्यालयमा छुट्टीको समय भएकाले बाढी प्रभावित परिवारलाई अस्थायी रुपमा बस्ने प्रबन्ध गरि

    • प्रकाशित मितिः साउन ९, २०८१
    • १९८ पटक पढिएको
  • भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ

    काठमाडाैं । एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्।खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक हामीले धेरै सिक्ने अवसर पायौँ। भारत र पाकिस्तानविरुद्धको खेलमा सिक्ने राम्रो मौका मिल्यो।’ उनले थपिन्, म मेरो टोलीको खेलप्रति गर्व गरिरहेको छु। हामी राम्रो खेलेका थियौँ, केही कमजोरीहरु थिए त्यसलाई सुधार गर्दै आउने दिनमा अझै राम्रो गर्नेछौँ।’ नेपालले तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको हो। यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो। तर यसपटक

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ५०९ पटक पढिएको
  • आज २०८१ साउन ९ गते बुधबार : संखुवासभा वाना स्थित पाथीभरा देवीकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल

    मेष : रमणीय यात्राको योग छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। सेयर बजारबाट लाभ मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।वृष : रोकिएका काम सुरु हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइ

    • प्रकाशित मितिः साउन ९, २०८१
    • १,५२३ पटक पढिएको
  • ‘लापसे’ गरेका कार चालकले बल्खुमा दिए तीन पैदलयात्रीलाई ठक्कर

    काठमाडौं । काठमाडौंको बल्खुमा कारले ठक्कर दिँदा तीन पैदलयात्री घाइते भएका छन् । बा ११ च ५९१६ नम्बरको कारले सोमबार साँझ सडक पेटीमा हिँडिरहेका तीन जना यात्रुलाई ठक्कर दिएको हो ।गाडीको ठक्करबाट भारतको मोतिहारी घर भइ हाल डल्लु बस्ने वर्ष १८ को प्रियन्सु कुमार, कुलेश्वर बस्ने वर्ष २५ को भोला कुमार र वर्ष १९ को श्याम बाबु ठाकुर घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ । कालिमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको सो गाडी पैदल यात्रुलाई ठक्कर दिएपछि सडक छेउको कुलो बनाउन राखेको सिमेन्टको ब्लकमा ठोक्किन पुगी दुर्घटना भएको छ ।गाडी चालक भुपेन्द्र श्रेष्ठलाई

    • प्रकाशित मितिः साउन ८, २०८१
    • ५५७ पटक पढिएको
  • प्रचण्ड, रवि, पूर्णबहादुर र राजेन्द्र राज्य व्यवस्था तथा सुशासन समिति सदस्य मनोनीत

    इटहरी । प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेको सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो । सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेरको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त समितिमा सांसद रमेश लेखकको स्थानमा सांसद श्यामकुमार घिमिरे र सांसद डा. स्वर्णीम वाग्लेको स्थानमा डोलप्रसाद अर्याललाई हेरफेर गरिएको छ ।यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्णबहादुर

    • प्रकाशित मितिः साउन ८, २०८१
    • १७६ पटक पढिएको
  • बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

    हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) आज (मंगलबार) वागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । लामा कांग्रेसबाट वागमतीको पहिलो मुख्यमन्त्री बनेका छन् । कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई संसदीय दलको निर्वाचनमा पराजित गरेसँगै उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिँदै आएको थियो । बुवा दीपबहादुर लामा र आमा पूर्णिमायाको कान्छो छोरा लामा २०२७ कात्तिक ८ मा नुवाकोटको तत्कालीन कार्की मनकामना गाविसको मानेमा जन्मिएका हुन

    • प्रकाशित मितिः साउन ८, २०८१
    • २८७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल