इटहरी । गत आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।२०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्म उक्त सङ्ख्यामा एनओसी जारी भएको हो ।नेपालीहरूले विभिन्न ६६ देशमा अध्ययन गर्न जान एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका छन् । भने ९४ विषय अध्ययनका लागि एक लाख १२ हजार २६९ जनाले एनओसी लिएका छन् । नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले
जुम्ला । जुम्लामा निसासिएर एक सुत्केरी महिला र उनकी बहिनी १९ वर्षीया युवतीको ज्यान गएको छ । जुम्लाको पातारासीमा कोठामा आगो बाल्दा निस्किएको धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकाया छन् । निसासिएर गम्भीर बिरामी परेकी मायालक्ष्मीको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनकी बहिनी जुनमायाको भने आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।सुत्केरी र नवजात शिशुलाई चिसोबाट जोगाउन बालिएको आगोको धुवाँमा दिदीबहिनी निसास्सिएक
बाँके । वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिए ।उनले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको बताए । यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ । अध्यक्ष वलीका अनुसार पोखरी निर्माण पश्चात् चितुवा, चित्तल, जरायोलगायत विभिन्न प्रजातिका वन्यजन्तु वनमा देखिन थालेका छन् । सामुदायिक वनमा ‘सिसी क्यामेरा’ जडान गरिएको छ ।क्या
झापा । पूर्वी नाका झापाको काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/०८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको कोदो आयात भएको बताए । १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको हो । उनका अनुसार आव २०७९/०८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए । पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी बिक्
इटहरी । जारी महिला एशिया कप अन्तर्गत आज (मंगलबार) नेपालले भारतको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि शुरु हुँदैछ ।यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार व्यहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो र पाकिस्तानसँग पराजित भएको थियो ।त्यस्तै समूह ‘ए’ अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार व्यहोरेको छ भने युएईले दुवै खेलमा हार व्यहोरेको छ ।एशिया कप खेल्ने नेपाली टिमइन्दु
एजेन्सी । कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठूलो रकम संकलन भएको छ । मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थात करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो । यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा संकलन भएको बताइएको छ ।ह्यारिसको क्याम्पेनलाई साना दाताले ठूलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्
काठमाडौं । मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरु बढ्दो क्रममा रहेका जानकारी दिए । परम्परागत रुपमा हुने अपराध पनि भइरहेका देखिन्छन् । प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार अपराधका घटना दर्ता भएका थिए । अपराध बढेसँगै चुनौती पनि बढेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक कार्कीले साइबर तथा बैङ्
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि रातिदेखि नै वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार (मंगलबार) दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी,
मेष : स्वादिष्ट भोजनको अवसर मिल्नेछ। कला र मनोरञ्जनमा रुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। पुँजी बजारमा लगानीको अवसर। अप्ठेरो ठानिएको काम बन्नेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ७०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव रख्ने। कालो रङको प्रयोग नगर्ने।वृष : नवीन कार्यको योजना बन्नेछ। प्राविधिक क्षेत्रमा उन्नति हुनेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। हिम्मत बढ्ला। कुटुम्बबाट सहयोग मिल
काठमाडाैं । होटल सांग्रिला काठमाडौंका संस्थापक श्यामबहादुर पाण्डेको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा निधन भएको पाटा नेपाल च्याप्टरले जनाएको छ। पाण्डेलाई नेपाली पर्यटन र आतिथ्य सेवाका एक नेतृत्वदायी व्यवसायीका रुपमा चिनिन्छ। होटल एसोसिएसन नेपाल, पर्यटन बोर्डगायत पर्यटन क्षेत्रका विभिन्न संघसंगठनमा रहेर योगदान दिएको भन्दै पाटा नेपाल च्याप्टरले श्रद्धाञ्जलि व्यक्त गरेको छ। ‘पाटा नेपाल च्याप्टर र पूरै नेपाली पर्यटन क्षेत्रले यस क्षेत्रका मूर्धन्य व्यवसायीलाई गुमाएको छ’, संस्थाले भनेको छ। केही वर्षयता अस्वस्थ उनको सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो।नेपाली होटल तथ