काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माविकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेसन दिल्लीबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकोमा प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ ।कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक
इटहरी । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । आज (बिहीबार) बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथ दिइरहेको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् । एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।
काठमाडौं। सत्ता सहकार्यको सहमति गरेका एमाले र कांग्रेसका नेताहरू सरकारमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।एमाले र कांग्रेसका बीचमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसके पनि मन्त्रीहरूको नाम भने टुंगो लाग्न सकेको छैन।ओली र देउवाका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ। सहमतिनुसार सुरुमा ओली प्रधानमन्त्री हुने र त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन्।एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारमा उपप्रधानमन्त्री नराख्नेमा सहमत छन्।उपप्रधानमन्त्री भइसकेका व्यक्तिलाई मन्त्रिपरिषदमा समेट्दा दोस्रो त
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’ को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।
साेलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन्। गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरू भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ। निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन्। यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए। वैशाख महिना मुख्य पर्यटकीय सिजन भएका
इटहरी । देशका केही स्थानमा आज (बिहीबार) पुनः भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू–भाग सीमाना आसपास) रहेका कारण भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।बिहान देशभर साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ ।कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा
चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिकोपाँच करोड गरी ३० करोडमा मेसिन खरिद गरिएको हो ।स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला
एजेन्सी । १५ पटकको च्याम्पियन उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो । पहिलो हाफको ३९ औं मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्याउन पर्याप्त बन्यो ।पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन । कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।पछि
बागलुङ । वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।लोकमार्ग अवरुद्धभारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्
कास्की । कास्कीको पोखरा महानगरपालिका-२७ स्थित दिपाङ तालको पानी बस्तीमा पस्दा डुबेका ४ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार गुल्मी घर भई हाल पोखरा बस्ने ५४ वर्षीय रामबहादुर अधिकारीको घरभित्र तालको पानी पसेको हो।घरभित्र पानी पसेपछि फसेका रामबहादुरसहित ३९ वर्षीया सिर्जना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीलाई सशस्त्र प्रहरीले निकालेको हो।सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।