All Posts By इटहरी खबर संवाददाता

    Showing १,९४१-१,९५० of ३,०८७ items.
  • मनसुनको कहर : ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्भने रु १० करोड भन्दा बढीको क्षति भएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढी पहिरो परेर ९० जनाघाइते र पाँच जना वेपत्ता भएका छन् । बाढी पहिरोका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।बाढी पहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेक

    • प्रकाशित मितिः असार २५, २०८१
    • ५६५ पटक पढिएको
  • कारबाहीबारे मुकुलको प्रतिक्रिया : रविको क्लबबाट निष्काशित भएँ, घण्टी बज्न रोकिंदैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । पार्टी निर्णय सार्वजनिक भए लगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गरेका हुन् ।ढकालले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।ढकालले भोलि आफ्नो धारणा विस्तृत रूपमा सार्वजनिक गर्ने बताएका छन् । रास्वपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकबाट उनलाई पार्टीको महामन्त्

    • प्रकाशित मितिः असार २५, २०८१
    • १५१ पटक पढिएको
  • रुकुम पूर्वमा सुतिरहेका बेला घर बगायो, एक बालकको मृत्यु, तीन जना घाइते

    रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गए राति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चार जनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८१
    • ३९४ पटक पढिएको
  • वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध

    धनकुटा । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए ।सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उनले बताए । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको छ । ‘पहिरो हटाएर बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजक भएर हिँड्नुपर्ने अवस्था छ,’ उनले भने ।बाढ

    • प्रकाशित मितिः असार २५, २०८१
    • ५,६६१ पटक पढिएको
  • विपद्का कारण १९ राजमार्ग अवरुद्ध :१४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा

    इटहरी डेस्क । भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ।आज साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ। ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्

    • प्रकाशित मितिः असार २५, २०८१
    • २७२ पटक पढिएको
  • मन्त्रालय बाँडफाँटमा एमाले कांग्रेस कुरा मिल्याे : गृह र परराष्ट्र कांग्रेसलाई , अर्थ र सञ्चारमा एमाले

    इटहरी डेस्क । केपी शर्मा ओली र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका कांग्रेस-एमालेबीच मन्त्रालय बाँडफाँटमा जुटेका छन्। प्रारम्भिक छलफलमा सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले अर्थ र सञ्चारसहित दश मन्त्रालय लिने सहमति भएको छ।यसै गरी कांग्रेसले गृह र परराष्ट्रसहित ११ मन्त्रालय लिने मोटामोटी सहमति बनेको नेताहरुले बताएका छन्। मन्त्रालयको विषय टुंग्याउन एमाले महासचिव शंकर पोखरेलसहितका नेता र नेपाली कांग्रेसबाट नेताहरु रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सक्रिय छन्।नेताहरुबीच सरकारको नेतृत्व गर्ने दलले दश र सरकारमा सहभागी हुने दलले ११ मन्त्रालय लिने गरी सहमति जुटाउने प्रयास हुने

    • प्रकाशित मितिः असार २५, २०८१
    • २८० पटक पढिएको
  • कोशी प्रदेशमा सरकार पुर्नगठनको तयारी , काे काे बन्दैछन मन्त्री ?

    इटहरी । केन्द्रमा भएको नयाँ सत्ता समिकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुर्नगठन गर्ने तयारी गरिएको छ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समिकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन्। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभएपनि केन्द्रमा नयाँ समिकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने जानकारी दिए।मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भएपनि केन्द्रको समिकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बत

    • प्रकाशित मितिः असार २५, २०८१
    • १२३ पटक पढिएको
  • करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’

    एजेन्सी । बलिउड फिल्म निर्माता करण जोहर अविवाहित हुन्, तर उनी जुम्ल्याहा सन्तानका बुवा हुन् । सन् २०१७ मा उनी सेरोगेसी मार्फत छोरा यश र छोरी रुहीको बुवा बनेका हुन् ।करण अविवाहित बुवा मात्रै होइनन्, उनी समलिङ्गी पुरुष पनि हुन् । यो कुरा उनले आफ्नो जीवनीमा आधारित किताबमा उल्लेख गरेका छन् ।विभिन्न अन्तर्वार्तामा उनले सांकेतिक रुपमा विवाह नगर्नुको प्रमुख कारण यही भएको बताउँदै आएका छन् ।करण आफ्नो ब्यानरमा बनेको फिल्म ‘ब्याड न्युज’को प्रदर्शनको सङ्घारमा छन् । यसको प्रचारका लागि दिएको एक अन्तर्वार्तामा उनले एकल बुवा भएर सन्तान हुर्काउन छुट्टै चुन

    • प्रकाशित मितिः असार २५, २०८१
    • ४४० पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै, थारू आयोगको वार्षिक प्रतिवेदन पेस हुने

    इटहरी । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित

    • प्रकाशित मितिः असार २५, २०८१
    • १०४ पटक पढिएको
  • अल्जेरियाको मरुभूमिमा सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

    एजेन्सी । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन् । अन्य पाँच जना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए ।‘पीडित मंगलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा हराएपछि शनिबार मृत फेला परेका थिए’, उनले भने । अल्जेरियाको मरुभूमिमा हराएका मानिसहरूलाई उद्धार गर्ने काम गर्ने गैरसरकारी संस्था सर्च एण्ड रेस्क्यू एसोसिएसनले उनीहरूलाई फेला पारेको हो ।एशोसिएसनले उनीहरूले दुई अल्जेरियाली र १२ सिरियाली नागरिक भएको बताएको छ । फारुखले लिबियाका अधिकारीहरूलाई दोष दिएका छन् । उनका अनुसार उनीहरूले आप्रवा

    • प्रकाशित मितिः असार २५, २०८१
    • ११३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल