इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा रहेको छ।यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदलीकाे अवस्था छ भने देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो पनि देशभरकाे माैसम साधारणतया बदली रहने छ। दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम
राजविराज । सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए ।सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ । सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
नवपुलर । नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन्।आइतबार बिहान १०ः४० बजे तिरको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले विपत् व्यवस्थापन सहितको प्रहरी टोली खटिइ उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।करिब ५०–५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।गुलाबी रंगको साइकलमा आएका उनले सेतो चप्पल साइकलमै छोडेर हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
काठमाडाैं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अविलम्ब चाँडो राजीनामा दिनुपर्ने माग राखेको छ। आइतबार बसेको पार्टी संसदीय दलको बैठकले अहिलेको सरकार अल्पमतमा परेको र कुनै निर्णय गर्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने आफूहरूको माग राखेको हो। बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘हाम्रो पहिलो माग प्रधानमन्त्रीज्यूलाई अहिले नै, आजै राजीनामा दिनुपर्छ। अविलम्ब राजीनामा दिनुपर्ने हाम्रो माग हो। यदी उहाँले राजीनामा दिनुभएन भने असार २८ गते विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ।’त्यस्तै, अहिले प्राकृतिक विपत्तिमा देश रहेको भन्दै अल्पमतमा परेको प्रधानमन्त्री एक मिने
इटहरी । सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ।अहिले बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्।सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकले शनिबार संविधानको धारा ७६(२) बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। कांग्रेस र एमालेबीच असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिको स्वागत र समर्थन गर्दै बैठकले यो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक ओली र दोस्रोपटक देउवाले गर्ने गरी भएको सहमति कार्यान्वयन गर्न दृढतासमेत बैठकले व्यक्त गरेको छ। संविधानको धारा ७६(२) बमोजिम ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोले प्रचण्डले असार २८ गते प्रतिनिधि सभाको बैठकमा विश्वास
काठमाडाैं । अमेरिकामा एकजना नेपाली भाषीको कुटेर हत्या गरिएको छ। बेलायती पत्रिका डेली मेलका अनुसार अमेरिकी राज्य टेनेसीको राजधानी न्यासभाइलमा आयोजित कन्सर्ट हेर्न पुगेका ४१ वर्षीय उमेश दाहालको हत्या भएको हो।अमेरिकी समयानुसार गत शनिबार राति दाहाललाई दुई जनाले कुटेका थिए। त्यसपछि अस्पताल लगिएका उनलाई मंगलबार मृत घोषणा गरिएको हो। हत्यामा संलग्न आरोपमा अमेरिकी प्रहरीले नेपाली भाषी नै २६ वर्षका विशाल राईलाई पक्राउ गरेको छ। दाहाल हत्या आरोपमा पक्राउ परेका विशाल राई।झगडा मिलाउन खोज्दा दाहाललाई कंक्रिटको भुइँमा पछारेर टाउकोमा लात्ताले हानिएको डेली मेलले उल्लेख गरेको छ। आफ्
नवलपरासी । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि नवलपरासीको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन्। गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए। गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको हो। आज (आइतबार) बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन
एजेन्सी । नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ । गए राति सम्पन्न जारी युरोकपको क्वार्टर फाइनलमा टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।नेदरल्याण्डसको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै, टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १–० गोलले अगाडि रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार व्यहोरेको थियो । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए ।यो जितपछि नेदरल्याण्डसले अब सेमिफाइनलमा इङल्याण्डको सामना गर्ने भएको छ
नवलपरासी । नारायणी नदीले बगाउँदा नवलपरासीमा एक युवक बेपत्ता भएका छन्। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ५ सकर दिनइ घर भएका ३३ वर्षीय अर्जुन चमार नारायणीमा बेपत्ता भएका हुन्।शनिबार दिउँसो घरदेखि दुई किलोमिटर पूर्वतर्फ रहेको नारायणी नदिमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा उनी भेलमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसी रेशम बोहराले जानकारी दिए। उनी बेपत्ता भएको खबर पाउनासाथ प्रहरी चौकी रामनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राजाराम कुर्मीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।पछि इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी कुडिया र प्रहरी चौकी नर्सहीसमेतबाट प