All Posts By इटहरी खबर संवाददाता

    Showing २,०८१-२,०९० of ३,०८७ items.
  • विशवकप क्रिकेट : अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य

    इटहरी । आईसीसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बंगलादेश समक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो ।एर्नोस भेले ग्राउन्डमा जारी खेलमा अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले भने अन्य कुनै पनि खेलाडी बंगलादेशी बलरहरूका सामु धेरैबेर टिक्न सकेनन् ।अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले स

    • प्रकाशित मितिः असार ११, २०८१
    • ४१५ पटक पढिएको
  • कोशी सरकारविरुद्ध केदार कार्कीको रिटमा आज फैसला आउँदै

    इटहरी । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज (मंगलबार) रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदैछ । जवाफी बहस सकिएपछि आजै फैसला आउने सम्भावना रहेको छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको रिटमा सोमबार प्रतिवादी कोशी सरकारका वहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस सकिएको थियो ।मंगलबार (आज) रिटकर्ता निवर्तमान मुख्यमन्त्री केदार कार्कीको तर्फबाट जवाफी बहस हुनेगरी हेर्दाहेर्दैमा राखिएको छ । बहसबाट संविधान र संसदीय प्रक्रिया महत्वपूर्ण हुन्छ अथवा संसद्भन्दा बाहिरबाट सरकार बनाउन मिल्छ भन्ने विषय टुंग्याएपछि पूर्ण इजलासले फै

    • प्रकाशित मितिः असार ११, २०८१
    • १७६ पटक पढिएको
  • देशभर फैलियो मनसुन : इटहरी ,धरान सहित अधिकांस सहरमा पानी पर्दै , बुधबार र बिहीबार के हाेला ?

    इटहरी ।  यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जनाएको छ । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (मंगलबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।गण्डकी प्रदेशका केही स्थान, कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन सोमबार देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत

    • प्रकाशित मितिः असार ११, २०८१
    • ३१८ पटक पढिएको
  • झापामा मेलमिलाप समितिकाे फटाइ : मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जबरजस्ती जिम्मा लगाएपछि राजवंशीले गरे आत्महत्या

    झापा । मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जिम्मा लगाउन खोजिएपछि झापामा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका–८ को वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोजेपछि भद्रपुर–८ स्थित भद्रशिव मन्दिर नजिकैका ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुण्डिएर आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् ।मेलमिलाप समितिका पदाधिकारीहरूले सोझा र निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गरेको छोरा पर्वलाल राजवंशीलको आरोप छ । बुबालाई आत्महत्या गर्न बा

    • प्रकाशित मितिः असार ११, २०८१
    • १३१ पटक पढिएको
  • बालेनलाई सुनिताको सुझाव : हामीलाई संसारले हेरेकाे हुन्छ , पदको मर्यादा राखेर अभिव्यक्ति दिनुपर्छ

    काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले पदमा बसेपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई सुझाव दिएकी छन् । काठमाडौं महानगरको नगर सभा बैठकमा बोल्दै उपमेयर डंगोलले सिंहदरबार जलाउने, भत्काउने अभिव्यक्तिले हामी सबैलाई विनाशको बाटोमा लैजाने भन्दै सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताएकी हुन् ।सबैले छलफल र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरु सार्वजनिक रुपमा विवादमा उत्रिन नहुने उनले बताइन् । उनले मेयर र आफूलगायतका युवा नेताहरु राजनीतिमा आएको र आफूहरुका काम विश्वले हेरिरहेको भन्दै आफ्नो अभिव्यक्तिले कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्न

    • प्रकाशित मितिः असार १०, २०८१
    • १६३ पटक पढिएको
  • रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर

    काठमाडौं । ‘लिटिल बुद्ध’ का नामले चर्चित रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहरिएका छन् । आज (सोमबार) सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ ।जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बमजनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ । बमजनविरुद्ध बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क १) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो । हत्या र यौनहिंसाका आरोपित बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो ।बमजनमाथि आश्रममा

    • प्रकाशित मितिः असार १०, २०८१
    • १८२ पटक पढिएको
  • विराटनगरको बजेट तीन अर्ब ४९ करोड ९८ लाख, सर्प समाउन प्रहरी परिचालन कार्यक्रम

    इटहरी ।  मोरङको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा आउँदो आवको बजेट पेस गरेकी हुन् ।पेस गरेको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, चालु आव २०८०/८१ को चालु खर्चतर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।विराटनगरले पेस गरेको बजेट कार्यान्वयनका लागि म

    • प्रकाशित मितिः असार १०, २०८१
    • १२९ पटक पढिएको
  • रौतहटमा बहिनीको हत्या आरोपमा दाजु पक्राउ

    रौतहट । रौतहटमा आफ्नै बहिनीको हत्या आरोपमा दाजु पक्राउ परेका छन् । परोहा नगरपालिका–८ नरकटिया टोलमा २० वर्षीया तेतरीकुमारी रामको हत्या आरोपमा उनकै दाजु २२ वर्षीय दीपेन्द्रकुमार रामलाई प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको क्रममा दीपेन्द्रले बहिनी तेतरी रामलाई बाँसको मुङग्रोले टाउकोमा प्रहार गरेका थिए ।गम्भीर घाइते रहेकी तेतरीको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए । पक्राउ परेका रामलाई ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    • प्रकाशित मितिः असार १०, २०८१
    • १६४ पटक पढिएको
  • पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस

    काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।आज (सोमबार) बसेको बढुवा समितिको बैठकले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार उनलाई बढुवा सिफारिस गरिएको हो ।उनको प्रहरी प्रधान कार्यालयअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी छ । एआइजी बढुवा समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने छन् । प्रह

    • प्रकाशित मितिः असार १०, २०८१
    • २४४ पटक पढिएको
  • संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    इटहरी । संघीय संसदका दुवै सदनको बैठक आज (सोमबार) बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रिय सभा दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।प्रतिनिधि सभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने सम्भावित कार्यसूची छ ।राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिंच

    • प्रकाशित मितिः असार १०, २०८१
    • २०० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल