सुनसरी- आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले टेस्ट देश आयरल्यान्डलाई हराउँदै ऐतिहासिक पहिलो जित निकालेको छ। एसोसियट देश क्यानडाले पहिलो पटक विश्वकप खेलेको हो । गएराति न्यूयोर्कमा भएको खेलमा क्यानडाले आयरल्यान्डलाई १२ रनले हरायो ।टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । उसका निकोलस किर्टोन अर्धशतक बनाउन एक रनले चुके । उनले ४९ रन बनाए । त्यस्तै श्रेयस मोभ्भाले ३७ रन जोडे । आयरल्यान्डका क्रेग योङ र ब्यारी माक्कार्थीले समान दुई तथा मार्क अडेर र गेराथ डेलानीले एक/एक विकेट लिए ।जितका लागि एक सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले न
सुनसरी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पनि सहकारी पीडित रहेको बताएका छन्।सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारी खोलेर बसेका आफ्नै पार्टीका कार्यकर्ताले हैरान पारेको बताए।‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । उनले भने, किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन्।’उनले सहकारीमा देखिएको समस्या समस्या समाधानका लागि सहकारी प्राधिकरण स्थापना गर्ने तयारी भइरहेको बताए।‘बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर एउटा शक्तिशाली
सुनसरी - आईसीसी टी-२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दैछ। टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्। नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो।नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन्। पहिलो खेलमा सम
सुनसरी - एक समय थियो, जब पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रोहित पौडेल क्यानको खेलाडी वर्गीकरणमा किन परेनन् भनेर आन्दोलनमा उत्रिएका थिए।त्यो आन्दोलनले ज्ञानेन्द्रको कप्तानी नै खोसियो। तर समय यति छिटो बदलियो कि दुई वर्षको बीचमा उनै रोहितले नेपाली टोलीका कप्तानको जिम्मेवारी सम्हालेर एकपछि अर्को सफलता दिलाएका छन्।यसमा समय, परिस्थिति, राजनीति वा उनको भाग्य जस्ता विषयहरू पनि जोडिएको मान्नेहरू छन्।ज्ञानेन्द्रभन्दा पछाडि सन्दीप लामिछाने कप्तान बने। तर उनी आफै बलात्कार मुद्दामा मुछिए। टोलीमा सिनियर तथा कप्तान बन्न योग्य खेलाडीहरू नभएका होइनन्, तर नवलपरासी वरघाटका यी युवाको भागमा कप्तानीको गहन जिम्मेवारी प
सुनसरी- मिस एसईई इटहरी सिजन ४ को फाईनल जेठ २६ गते इटहरी ५ स्थित लायन्स भवनमा हुने भएकाे छ। माध्यमिक शिक्षा परीक्षा एसईई दिएका छात्राहरूकाकाे सीप तथा नेतृत्व विकासकाे लागि आयाेजना गरीएकाे प्रतियाेगितामा काेशी प्रदेश भरीबाट ४० जना छात्राहरुकाे सहभागिता रहेकाे थियाे । फाईनलमा ४० जना मध्ये टप १५ मा पुगेका छात्राहरुबिच प्रतिस्पर्धा गराइने मिस् एस् ई ई इटहरीका निर्देशक सरोज श्रेष्ठले बताए । प्रतियाेगितामा सहभागीहरूलाई व्यक्तित्व विकास , र्याम्प वाक, अभिनय ,सम्बन्धी प्रशिक्षण दिइएकाे निर्देशक श्रेष्ठले जानकारी दिए ।इटहरीकाे गाेर्खा हाेटल र चिन्तन चाैतारीमा फाेटाे तथ
सुनसरी: युईएफए च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ।शनिबार राति सम्पन्न फाइनलमा म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २–० गोल अन्तरले पराजित गर्दै १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालको हो।पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो। म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक एक गोल गरे। कारभाजलले खेलको ७४औं र भिनिसियसले ८३औं मिनेटमा गोल गरेका थिए।यो सहित रियल म्याड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो। १८ पटक च्याम्पियन्स लिगक
सुनसरी- नेपालले टी-२० विश्वकपअघि आज अमेरिकाविरुद्ध वार्म अप खेल खेल्दै छ ।डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्नेसमेत बताइएको छ ।नेपालले यसअघि क्यानडाविरुद्ध खेलेको वार्म अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल का
सुनसरी - आईसीसी टी–२० विश्वकपको वार्मअप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो। अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटियो। नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात पाए पनि ठूलो स्कोर भने बनाउन सकेनन्। कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन जोडे। अनिल साहले १६ बलमा २४ रन बनाए। ओपनरद्वय आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोडे। अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्। सन्दिप जोराले ६ रन बनाउ
सुनसरी-नेपालले ह्युस्टन ह्यारिकेन्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि विजयी भएको छ। जितससँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप कब्जा गर्यो। १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो। जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६/१६ रनमा आउट भए। नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक/एक विकेट लिए।त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमा
सुनसरी-विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ ।प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ ।