All Posts By इटहरी खबर संवाददाता

    Showing २,५४१-२,५५० of ३,०८७ items.
  • इटहरीका तीन विद्यालयहरुलाई पाँच लाख रुपैयाको प्रोत्साहन

    इटहरी । व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेको भन्दै इटहरीका तीन विद्यालयहरुलाई जनही पाँच लाख रुपैया प्रोत्साहन पुरस्कार दिइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले नतिजामा आधारित प्रोत्साहन अनुदानवापत पाँच लाख रुपैया दिने भएको हो ।यसरी प्रोत्साहन पुरस्कार पाउने विद्यालयहरुमा जनता मावि, राष्ट्रिय मावि र सरस्वती मावि रहेका छन् । विभिन्न शीर्षकमा विद्यालयले पाएको अंकहरुको तुलना गरी सबैभन्दा बढी अंक पाउने तीन विद्यालयले अनुदान पाएका हुन् । अब विद्यालयले उक्त अनुदान खर्च गर्नको लागि विस्तृत योजना बनाइ उपमहानगरपालिकाको

    • प्रकाशित मितिः असार २६, २०८०
    • २०९ पटक पढिएको
  • स्वर्गीय गायक रोविन तामाङको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक

    काठमाडौँ । रक गायक रोविन तामाङको केही दिन अगाडि निधन भयो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै हिजो (आईतबार) अन्तिम संस्कार गरिएको छ । नेपाली गीतसङ्गीत र अभिनयको क्षेत्रमा गायक तामाङले योगदान उल्लेखनीय मानिन्छ । यस्तैमा उनै तामाङको स्वर रहेको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ ।निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोविन तामाङको असामयिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै यो गीत सार्वजनिक गरिएको हो ।गीतले जिन्दगीलाई धुवाँमा नउडाउन सन्देश दिएको छ । गीतमा रोविनलाई गायक राजेश पायल राईले पनि स्वरमा साथ दिएका छन् ।सुरेश राईको शब्द

    • प्रकाशित मितिः असार २५, २०८०
    • १६७ पटक पढिएको
  • १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    झापा । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ परेका छन् ।  बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पकराउ गरेको हो । लिम्बुले ती बालिकालाई निजकै घर पछाडि बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार २५, २०८०
    • ११२ पटक पढिएको
  • पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु

    काठमाडौँ । अविरल वर्षा र बाढीले पाकिस्तानको आर्थिक अवस्था नाजुक बनाएको छ । अविरल वर्षाका कारण मुलुकभर अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (ल्म्ःब्) लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेको छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन्  हालसम्म मारिने ७६ जनामा ​​१५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्

    • प्रकाशित मितिः असार २५, २०८०
    • १४० पटक पढिएको
  • भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा एक जनाको मृत्यु

    भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु  भएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका  १८ वर्षीय दिप्सन प्रधानको मृत्यु  भएको हो । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको जनाईएको छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।मृतकका आफन्तले यही असार २४ गते  खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै

    • प्रकाशित मितिः असार २५, २०८०
    • १२९ पटक पढिएको
  • सभामुख घिमिरेसँग कतारका राजदूतको बिदाइ भेट

    काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आइतबार बिदाइ भेट गरेका छन्  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान प्रदान लगायतका विषयमा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सात वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेका राजदूत अल–हेलले सभामुख घिमिरेसँग बिदाइ भेट गरेका हुन् । सो क्रममा  सभामुख घिमिरेले नेपाल र कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर जाने विश्वास व्यक्त गरेका छन् । उनले कता

    • प्रकाशित मितिः असार २५, २०८०
    • ८७ पटक पढिएको
  • ट्रेलरमा यस्तो देखियो ‘लुङा’ फिल्म

    काठमाडौँ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा माया प्रेम संगै,सामाजिक कथालाई विशेष स्थान दिइएको छ ।किरण राईको निर्देशन रहेको फिल्मका निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल र मनिशा पाठक रमेनुका घिमिरे र कैलाश राई र टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।पूर्वमा छायाँकन गरिएको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, नि

    • प्रकाशित मितिः असार २५, २०८०
    • १७० पटक पढिएको
  • आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । चाँदी पनि आइतबारकै मूल्य १३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको  छ ।  

    • प्रकाशित मितिः असार २५, २०८०
    • १११ पटक पढिएको
  • आज बोलाइएको राष्ट्रिय सभा बैठक मंगलबारलाई सर्‍यो

    काठमाडौँ । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ । सोमबार ११ बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ :०१ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • ११६ पटक पढिएको
  • आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ । सोमबार  अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।   दिउँसो कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।  राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको हुने आकलन गरिएको छ ।  अहिले बिहान कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले जानकारी दिएका छ

    • प्रकाशित मितिः असार २५, २०८०
    • ९९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल